[the_ad id="16865"]

मानव बेचबिखन नियन्त्रण गर्न समन्वय बैठक सम्पन्न

मानव बेचबिखन नियन्त्रण गर्न समन्वय बैठक सम्पन्न
[the_ad id="16873"]

जति पन्थी बर्दिया
हाम्रो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त समाज भन्ने मूल नाराका साथ मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिको बैठक गुलेरिया नगरपालिकामा सम्पन्न भएको छ।

गुलरिया नगरपालिकामा आयोजना गरेको उक्त बैठकमा बैठकको सभापतित्वको आसन ग्रहण गर्नुभएका नगरप्रमुख मुक्तिनाथ यादवले मोबाइलको बढ्दो प्रयोगले मानव बेचबिखनमा समेत असर पारेको बताउनुभयो। उहाँले भन्नुभयो बढ्दो मोबाइलको प्रयोगले बालबालिकामा असर गर्दै गएको समेत बताउनुभयो नगर प्रमुख यादवले बताउनुभयो ।

मोबाइललाई नियन्त्रण गर्न सक्ने हो भने मानव बेचबिखन तथा लागू औषध समेत नियन्त्रण हुनेमा आफू विश्वस्त रहेको समेत जानकारी दिनुभयो । कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले मानव बेचबिखन नियन्त्रण गर्नका लागि सबैजना एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। माइती नेपालले गुलरियामा आयोजना गरेको समन्वय बैठकमा गुलरिया नगरपालिकाका नगर प्रमुख ओमकार शाह गुलरिया नगरपालिकाका कार्यपालिका सदस्य नयन सुनार शोभा भण्डारी शान्ता सुनार वडा नम्बर १ का वडाध्यक्ष जोगीराम थारु वडा नम्बर ३ का वडा अध्यक्ष सर्वजित यादव योजना शाखाका शाखा अधिकृत मुकुन्द अर्याल महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह कानुनी सल्लाहकार संजीव कर्ण गुलरिया नगरपालिकाका प्रेस सल्लाहकार ज्योति पन्थी ध्रुव माध्यमिक विद्यालयका प्रधानाध्यापक पिताम्बर पोखरेलको समेत उपस्थिति रहेको थियो।

समन्वय बैठकमा उपस्थित भएका सम्पूर्णले सबैजना एकैबद्ध भएर मानव ओसारपसार तथा बेचबिखनमा नियन्त्रण गर्न लाग्नुपर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search