[the_ad id="16865"]

सशस्त्र प्रहरीबाट लागू औषध सहित एक व्यक्ति पक्राउ

सशस्त्र प्रहरीबाट लागू औषध सहित एक व्यक्ति पक्राउ
[the_ad id="16873"]

बर्दिया १४ साउन । प्रहरीले जिल्लाको बढैयाताल गाउँपालिका वार्ड नं २ फुटाहा इलाकामा भारत बाट नेपाल तर्फ आउदै गरेका एक व्यक्तिलाई अन्दाजी ६ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका ११ लोक नगर बस्ने वर्ष २१ का प्रकाश चौधरी छन् । निजको साथबाट सामसुङ कम्पनीको मोबाईल १ थान, सोही कम्पनीको ट्याब १ थान सहित नेपाली रुपैयाँ ३५० पनि बरामद भएको छ ।
सीमापार बजारमा लागू औषध सेवन गर्न जानेको संख्या बढ्दै जान थाले पछि सशस्त्र प्रहरीले अवैध ओसार पसार र कारोबार समेत हुने आशंकामा सीमामा कडाइ गर्न थालेको हो । सशस्त्र प्रहरीले दुई दिन अघिमात्र सोही इलाका बाट बाँके खजुरा बस्ने वर्ष २४ का गणेश परियारलाई ४१० मिलिग्राम र गत असार ३१ गते जिल्लाको गणेशपुर इलाका बाट बाँसगढी नगरपालिकाका दुई युवा अबराज खा र सिजन पौडेललाई ६७० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धूलो पदार्थ सहित पक्राउ गरी स्थानीय प्रहरीलाई बुझाएको थियो ।

केही महिना यता सीमामा खटिएको सशस्त्र प्रहरीले लागू औषध सेवन तथा अवैध ओसारपसार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । राज्यलाई दीर्घकालीन असर पार्ने लागू औषध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीको सक्रिय परिचालन बाट सीमा इलाकामा नशा सेवन गर्न आउने र ओसारपसार गर्नेहरूको चहलपहल अप्रत्यासित रुपमा कमी हुँदै गएको सीमा इलाकामा बसोबास गर्ने स्थानीय हरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search