[the_ad id="16865"]

शिक्षक छनोट प्रतियोगितामा प्रश्नपत्र र उत्तरपुस्तिका च्यातिएपछि

शिक्षक छनोट प्रतियोगितामा प्रश्नपत्र र उत्तरपुस्तिका च्यातिएपछि
[the_ad id="16873"]

ज्योति पन्थी बर्दिया । मधुबन नगरपालिकाले सञ्चालन गरेको शिक्षक सेवा परीक्षामा सहभागीले प्रश्नपत्र सहित उत्तरपुस्तिका च्यातेको घटना बाहिरिएको छ। नगरपालिकाले नगरपालिका कार्यालयमा सञ्चालन गरेको सहिद आ विद्यालय गङ्गा पटुवाको अङ्ग्रेजी विषयको शिक्षक छनोट परीक्षामा सहभागी सीता लामिछानेले आफ्नो प्रश्नपत्र र उत्तरपुस्तिका सहित अर्को एक प्रशिक्षार्थीको प्रश्नपत्र र उत्तरपुस्तिका च्याति दिएको घटना बाहिरिएको हो। उत्तरपुस्तिका च्यात्ने सीता लामिछाने यतिबेला नगर शिक्षक समेत रहेकी छन्। परीक्षामा सहभागी सीता लामिछानेले विशेषज्ञ गोलाप्रथाबाट छनोट गरी तयार गरिएको प्रश्नपत्र सिलेबल्स अनुसार नभएको बताउँदै आए पनि शिक्षा शाखा र विषय विशेषज्ञले परीक्षा सञ्चालन गरेपछि आक्रोशमा आई प्रश्नपत्र र उत्तरपुस्तिका च्यातेको शिक्षा शाखाले जनाएको छ।

आफ्नो परीक्षा प्रश्नपत्र र उत्तरपुस्तिका च्यातेको भएपनि अर्का सहभागीको समेत उत्तरपुस्तिका च्यातिएको छ। यसबारे नगरपालिकाले भने आफ्नो आधिकारिक धारणा बाहिर ल्याएको छैन । बहालवाला नगर शिक्षकले नै प्रश्नपत्र च्यात्नु र उत्तरपुस्तिका च्यात्दा पनि कारबाही नभएको स्थानीयले गुनासो गरेका छन् । प्रशिक्षार्थीले प्रश्नपत्र च्यातेको बारे प्रश्न गर्दा विद्यालय निरीक्षक नारायण खनालले भने परीक्षामा सहभागी नगर शिक्षकले प्रश्नपत्र च्यातेको स्वीकार्नु भएको छ। उहाँले सेलेबल्सको विषय निकालेर प्रशिक्षार्थी सीता लामिछानेले प्रश्नपत्र च्यातेको स्वीकार गर्नुभयो। प्रश्नपत्र च्यात्ने सीता लामिछाने हाल नगर स्वयंसेवक शिक्षकसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search