[the_ad id="16865"]

राजनीतिमा सबैको आशा र भरोसाको केन्द्र बनेका विष्णु

राजनीतिमा सबैको आशा र भरोसाको केन्द्र बनेका विष्णु
[the_ad id="16873"]

बर्दिया भदौ १० गते । सम्भवत बर्दिया जिल्लामै सबैभन्दा सानो उमेरका वडा अध्यक्ष हुन् विष्णु यादव। गुलरिया नगरपालिका वडा नं ११ मा जनता समाजवादीबाट वडाध्यक्ष भएका विष्णु यादव यतिबेला बल्ल २८ वर्ष पुगेका छन् ।२०७९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसका सहादत अलि गद्दी २५७ त्यसैगरी नेकपा माओवादीका नन्दराम खटीक २७८ एमालेका मोहम्मद कर खा ६२२ लाई पराजित गर्दै जनता समाजवादीका विष्णु यादवले ९०३ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

उनी गुलरिया नगरपालिकाका सबैभन्दा कान्छा वडा अध्यक्ष पनि हुन् । स्थानीय बबई बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेका यादव यतिबेला जनताको काममा समर्पित हुने गरेका छन्। कार्यालयमा होस् या कार्यालय बाहिर जाँदा होस् अध्यक्ष यादवले सबैलाई दाइ भनेर सम्बोधन गर्ने गर्दछन्। स्वभावले पनि मिजाशिला र सहयोगी यादव सबैका लागि एउटा असल पात्रको रुपमा यतिबेला राजनीतिमा देखिएका छन्। पैसाको बलमा मात्र चुनाव जितिन्छ भन्नेहरुलाई एउटा गतिलो उदाहरण बनेका विष्णु यतिबेला गाउँघरमा स्थानीयको काममा सहयोग गर्न जहाँ पनि पुग्ने गरेको स्थानीयहरु बताउँछन् ।

ठूला राजनीतिक दलको दौडमा बामे सर्दै गरेका विष्णु पैसा र पावरले मात्र चुनाव जितिन्छ भन्ने भनाइलाई पछाडि पार्दै जननिर्वाचित भएका हुन् । वडाध्यक्ष हुँदा मात्र होइन वडाध्यक्ष हुनुपूर्व अनि उनी स्थानीयको समस्या लिएर गुलरिया पुगिरहन्थे। त्यसैको फल अहिले उनी वडाध्यक्ष बन्न पुगेको बताउँछन्। सानै उमेरबाट राजनीतिमा सक्रिय विष्णु पढ्दै राजनीतिमा पनि सक्रिय बन्दै आएका थिए। । नेकपा एमाले नेकपा माओवादी र नेपाली कांग्रेसका दिग्गज मानिने राजनीतिकर्मीलाई हराउँदै विष्णुले ९ सय ३ मत ल्याएर निर्वाचन जित्न सफल भए हुन्। जननिर्वाचित नहुँदै पनि उनी जसरी स्थानीयको काममा खटिन्थे जननिर्वाचित भएपछि अहिले झन् उनी बिहानदेखि साँझसम्म स्थानीयकै काममा खटिने गरेका छन्।

शिक्षा स्वास्थ्य र कृषिमा समेत उनले आफ्नो विवेक प्रयोग गरेर काम गर्ने गरेका छन्। आफ्नो वडामा कोही बिरामी हुँदा होस् या अन्य कुरामा उनी सहयोग गर्न पुगिहाल्छन्। बर्दिया जिल्लाकै सम्भव त कान्छा वडाध्यक्षको रुपमा निर्वाचित भएका विष्णु यतिबेला सबैको आशाको केन्द्रसमेत बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search