[the_ad id="16865"]

पूर्व प्रधानमन्त्री प्रचण्डलाई तयार पारिएको गाडीमा परराष्ट्र मन्त्री आरजु चढेपछी

[the_ad id="16873"]

१२ भदौ, धनगढी। धनगढी विमानस्थलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लैजान तयारी अवस्थामा राखिएको गाडीमा परराष्ट्रमन्त्री आरजु राणा देउवा बस्न पुगेको कुराले चर्चा पाएको छ ।

दुवै जना छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन बुधबार बिहान सवा १० बजे बुद्ध एयरको एउटै विमानबाट धनगढी आइपुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड र परराष्ट्र मन्त्री देउवाको सुरक्षासँगै सवारी व्यवस्थापनमा कैलालीका प्रमुख जिल्ला अधिकारी आफैं विमानस्थल पुगेका थिए ।

प्रचण्डलाई कुरिरहेको गाडीमा आरजु चढे पछी १२ भदौ । धनगढी विमानस्थलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लैजान तयारी अवस्थामा राखिएको गाडीमा परराष्ट्रमन्त्री आरजु राणा देउवा बस्न पुगेको कुराले चर्चा पाएको छ ।

दुवै जना छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन बुधबार बिहान सवा १० बजे बुद्ध एयरको एउटै विमानबाट धनगढी आइपुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड र परराष्ट्र मन्त्री देउवाको सुरक्षासँगै सवारी व्यवस्थापनमा कैलालीका प्रमुख जिल्ला अधिकारी आफैं विमानस्थल पुगेका थिए ।

विमान अवतरण गरेपछि सुरुमा ओर्लिएका प्रचण्डले केहीबेर विशिष्ट कक्षमा आराम गरे भने त्यसपछि ओेर्लिएर विशिष्ट कक्षमा आइपुगेकी परराष्ट्र मन्त्री देउवा केहीबेर आराम गरेर उनीभन्दा अघि निस्किएकी थिइन् ।

उनी बाहिर निस्किने बेला स्वागत गर्न विमानस्थल पुगेका कांग्रेस नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुको भीड थामी नसक्नु थियो । सुरक्षाकर्मीले त्यो भीडलाई छिचोल्दै गाडी भएको ठाउँसम्म पुर्‍याएका थिए ।

परराष्ट्रमन्त्री आरजुलाई गाडीमा बसालिसकेपछि उक्त गाडी पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डलाई व्यवस्थापन गरिएको कुरा थाहा भएपछि हतारहतार उतारेर अर्को गाडीमा राखिएको थियो ।

सुरक्षा स्रोतका अनुसार आरजु करिब आधा मिनेट जति मात्रै उक्त गाडीमा बस्न पुगेकी थिइन् भने त्यसपछि त्यही पछाडि राखिएको गाडीमा चढेर धनगढीतर्फ लागेकी थिइन् ।

‘भीआईपी कक्षबाट सुरुमा पूर्वप्रधानमन्त्री प्रचण्डज्यू निस्किने कुरा थियो । त्यसैले त्यहीअनुसार सवारी साधन व्यवस्थापन गरेर स्टेन्डवाई राखिएको थियो’ सुरक्षा स्रोतले भन्यो, ‘तर उहाँ (परराष्ट्र मन्त्री) ज्यूलाई हतार भएकाले उहाँभन्दा अघि निस्किनुभयो । त्यो कारण हतारमा अगाडी राखिएको गाडीमा पर्नुभयो ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दुवै जनाका लागि सवारीसाधन व्यवस्थापन गरेर विमानस्थलमा राखिएको बताए । उनीहरुलाई स्वागत गर्न विमानस्थल पुगेका शुभेच्छुकहरुको ठूलो भीडभाडले कन्फ्युज पारेको बताउँदै मिश्रले त्यसलाई तत्कालै सच्याइएको जनाएका छन् ।

‘दुवै जनालाई सवारीसाधन व्यवस्थापन गरिएको थियो । ठाउँ साँघुरो छ । धेरै जनाको भीडभाड भएका कारणले कन्फ्युजन भएको हो’ मिश्रले भने, ‘उहाँहरुसँगै पूर्व उपप्रधान तथा गृहमन्त्री, पूर्व अर्थमन्त्रीज्यू लगायतका धेरै जना हुनुहन्थ्यो । सामान्य कन्फ्युजन भएको हो । तत्कालै करेक्सन पनि गरिएको हो । कसैको पनि त्यस्तो नियत होइन ।’

सरकारले निर्धारण गरेको मर्यादाक्रम अनुसार बहालवाला मन्त्री भन्दा पूर्वप्रधानमन्त्री अगाडि पर्छन् । पूर्व प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्रको प्रदेश परामर्श बैठकमा सहभागी हुन धनगढी आएका हुन् भने परराष्ट्र मन्त्री देउवा गौरा पर्वको पूजाअर्चनामा सहभागी हुन आएकी हुन् ।
विमान अवतरण गरेपछि सुरुमा ओर्लिएका प्रचण्डले केहीबेर विशिष्ट कक्षमा आराम गरे भने त्यसपछि ओेर्लिएर विशिष्ट कक्षमा आइपुगेकी परराष्ट्र मन्त्री देउवा केहीबेर आराम गरेर उनीभन्दा अघि निस्किएकी थिइन् ।

उनी बाहिर निस्किने बेला स्वागत गर्न विमानस्थल पुगेका कांग्रेस नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुको भीड थामी नसक्नु थियो । सुरक्षाकर्मीले त्यो भीडलाई छिचोल्दै गाडी भएको ठाउँसम्म पुर्‍याएका थिए ।

परराष्ट्रमन्त्री आरजुलाई गाडीमा बसालिसकेपछि उक्त गाडी पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डलाई व्यवस्थापन गरिएको कुरा थाहा भएपछि हतारहतार उतारेर अर्को गाडीमा राखिएको थियो ।सुरक्षा स्रोतका अनुसार आरजु करिब आधा मिनेट जति मात्रै उक्त गाडीमा बस्न पुगेकी थिइन् भने त्यसपछि त्यही पछाडि राखिएको गाडीमा चढेर धनगढर्फ लागेकी थिइन् ।

‘भीआईपी कक्षबाट सुरुमा पूर्वप्रधानमन्त्री प्रचण्डज्यू निस्किने कुरा थियो । त्यसैले त्यहीअनुसार सवारी साधन व्यवस्थापन गरेर स्टेन्डवाई राखिएको थियो’ सुरक्षा स्रोतले भन्यो, ‘तर उहाँ (परराष्ट्र मन्त्री) ज्यूलाई हतार भएकाले उहाँभन्दा अघि निस्किनुभयो । त्यो कारण हतारमा अगाडी राखिएको गाडीमा पर्नुभयो ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दुवै जनाका लागि सवारीसाधन व्यवस्थापन गरेर विमानस्थलमा राखिएको बताए । उनीहरुलाई स्वागत गर्न विमानस्थल पुगेका शुभेच्छुकहरुको ठूलो भीडभाडले कन्फ्युज पारेको बताउँदै मिश्रले त्यसलाई तत्कालै सच्याइएको जनाएका छन् ।

‘दुवै जनालाई सवारीसाधन व्यवस्थापन गरिएको थियो । ठाउँ साँघुरो छ । धेरै जनाको भीडभाड भएका कारणले कन्फ्युजन भएको हो’ मिश्रले भने, ‘उहाँहरुसँगै पूर्व उपप्रधान तथा गृहमन्त्री, पूर्व अर्थमन्त्रीज्यू लगायतका धेरै जना हुनुहन्थ्यो । सामान्य कन्फ्युजन भएको हो । तत्कालै करेक्सन पनि गरिएको हो । कसैको पनि त्यस्तो नियत होइन ।’

सरकारले निर्धारण गरेको मर्यादाक्रम अनुसार बहालवाला मन्त्री भन्दा पूर्वप्रधानमन्त्री अगाडि पर्छन् । पूर्व प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्रको प्रदेश परामर्श बैठकमा सहभागी हुन धनगढी आएका हुन् भने परराष्ट्र मन्त्री देउवा गौरा पर्वको पूजाअर्चनामा सहभागी हुन आएकी हुन् । स्रोत अनलाईन खवर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search