[the_ad id="16865"]

गैडाको आक्रमणबाट गाइडको मृत्यु

गैडाको आक्रमणबाट गाइडको मृत्यु
[the_ad id="16873"]

बर्दिया, २१ भदौ ।  बर्दियामा गैंडाको आक्रमणबाट एक जना टुरिस्ट गाइडको मृत्यु भएको छ भने एक जना विदेशी पर्यटक घाइते भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा डिभिजन वन अन्तर्गतको बीचमा पर्ने मधुवन–१ डल्लाको शिव सामुदायिक वनभित्र गैंडा अवलोकनका क्रममा गैंडाको आक्रमणबाट ३६ वर्षीय टुरिस्ट गाइड ठाकुरबाबा नगरपालिका–९ का मनमोहन चौधरीको मृत्यु भएको हो ।

गैंडाको आक्रमणबाट ५६ वर्षीय अमेरिकी पर्यटक सावन मेक लेन्डोन घाइते भएको निकुञ्जका सूचना अधिकारी पुरुषोतम वाग्लेले बताउनुभयो । शिव सामुदायिक वनका वन हेरालु थेङ्चु थारुसहित गाइड मनमोहन चौधरी र विदेशी पर्यटक गैंडा अवलोकनका लागि आज बिहान सामुदायिक वनभित्र गएका बेला ८ बजेतिर गैडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट घाइते भएका विदेशी पर्यटकको खुट्टामा चोट लागेको छ बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search