[the_ad id="16865"]

लागूऔषध नियन्त्रण गर्न अभिभावकको पनि सक्रियता आवश्यक छ – प्रहरी उपरीक्षक धिताल

लागूऔषध नियन्त्रण गर्न अभिभावकको पनि सक्रियता आवश्यक छ – प्रहरी उपरीक्षक धिताल
[the_ad id="16873"]

ज्योतिपन्थी
भदौ २४ बर्दिया । वर्दिया जिल्ला भारतीय सीमासँग खुला सिमाना भएको जिल्ला हो। बर्दिया जिल्लाको लागि सिमावर्ती क्षेत्रहरू यतिबेला लागूऔषधका लागि हब बन्दै गएका छन्। बर्दिया जिल्लाका खुला सिमानाहरूबाट लागूऔषध दिनौंजसो भित्रिरहेको छ।

लागू औषध भित्रिएपछि लागू औषधमा लाग्नेहरूको संख्या पनि दिनानुदिन रुपमा बढ्दै गएको प्रहरीको तथ्याङ्कले जनाएको छ। बर्दिया जिल्लाको लौकाही बजार बलैगाउँ बजार त्यसैगरी विभिन्न सीमार्ती क्षेत्रबाट लागू औषध भित्रने गरेको देख्न सकिन्छ। सिमावर्ती क्षेत्रमा यसरी दिनहु जसो लागू औषध आउन थालेपछि प्रहरी समेत चनाखो भएर त लागेको छ तर पनि लागू औषध प्रयोगकर्ताले कतै न कतै प्रहरीलाई झुक्काएर होस् या उनीहरुलाई छलेर होस् लागू औषध भित्र्याउने गरेका छन् । लागू औषधको सन्दर्भमा हेर्ने हो भने प्रहरीले समेत यसमा सफलता हासिल गरेको देखिन्छ तर सफलतासँगै चुनौती समेत धेरै थपिएका छन् ।

लागू औषधको कानुन आफैमा बाँझिएको पनि देखिन्छ। लागू औषध प्रयोगकर्ताहरूको पछिल्लो समय प्रयोग बढ्दै जान थालेपछि सिमा क्षेत्रमा प्रहरीलाई अझ बढी दबाव बढ्दै गएको देखिन्छ । भारतका बजारहरूबाट सजिलै नेपाल आउन सकिने सीमा क्षेत्र भएका कारण लागू औषध प्रयोग गर्ने मानिसहरू लागू औषध बोकेर नेपालभित्रने गरेको देख्न सकिन्छ। विशेषगरी यसमा १९ वर्षदेखि ३५ वर्षसम्मका युवाहरू नै लागेको देख्न सकिन्छ।

लागु औषधको प्रयोग बढ्दै गएपछि प्रहरीले समेत यसलाई निर्मूल पार्न विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक प्रविण धिताल बताउ नुहुन्छ। उहाँ भन्नुहुन्छ अभिभावक सक्रिय नभएसम्म लागू औषधलाई नियन्त्रण गर्न समेत समस्या छ। प्रहरिको तथ्याङ्कले पछिल्लो समय वैदेशिक रोजगार सम्बन्ध विच्छेद लगायतका घटनाले पनि यसलाई मलजल गरेको देख्न सकिन्छ। उपरीक्षक धितालको भनाइमा घरमा हुने एक्लो सन्तान यसमा बढी सक्रिय भएर लागेको देखिन्छ। तर पनि हामी सीमित साधन र स्रोतका बाबजुद पनि हामीहरु दिनरात नभनिकन गस्ती गरिरहेका छौं र सीमाका प्रहरीहरुलाई समेत चनाखो बनाइरहेका छौं ।

लागू औषध प्रयोग गर्नेको सङ्ख्या बढ्दै जाँदा आफूहरूलाई पनि चिन्ता थपिएको उहाँको भनाइ छ। विशेषगरी युवा अवस्थाका मानिसहरू यसमा लाग्ने गरेको स्थानीयहरूको पनि भनाइ छ। खुला सीमानै भएका कारण लागु औषध प्रयोगकर्ताले दिन प्रतिदिन लागू औषध भित्र्याउने गरेको स्थानीय व्यापारी डोलराज सिग्देल बताउनुहुन्छ।

सिमावर्ती भारतीय लोकाई फुटाहा कण्ठपुर जस्ता बजारहरूले पनि यसलाई थप मलजल गरिरहेको बुझ्न सकिन्छ। बजारमा किनमेल गर्न जाने निउले जाने युवाले नै पछिल्लो समय लागो औषध बोकेर फर्किने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। समयमै यसलाई नियन्त्रण गर्न नसक्ने हो भने लागू औषधले कुनै दिन भयावह स्थिति सिर्जना गर्ने देखिन्छ । अभिभावकले समेत प्रहरीसँग हातेमालो गर्दै आफ्ना बालबालिकाको क्रियाकलापमा निगरानी बढाएमा लागु औषध प्रयोगकर्ता अर्थात् ओसारपोसारको समेत कमी हुने देखिन्छ । लागू औषध दुर्वेशन रोक्नका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले पनि समयसमयमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search