[the_ad id="16865"]

सफ्टवेयरलाई लिएर अदालतले आदेश दिएपछि नेपालमा अनलाइन कम्पनी दर्ता अनिश्चित कालका लागि बन्द

सफ्टवेयरलाई लिएर अदालतले आदेश दिएपछि नेपालमा अनलाइन कम्पनी दर्ता अनिश्चित कालका लागि बन्द
[the_ad id="16873"]

काठमाडौं । सफ्टवेयरको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकै कारण कम्पनीको अनलाइन दर्ता अनिश्चित कालका लागि बन्द भएको छ । सोमबार एक सूचना प्रकाशित गर्दै कम्पनी रजिस्ट्रारको कार्यालयले कार्यालयको नयाँ सफ्टवेयर सम्बन्धी अदालतबाट भएको आदेश कार्यान्वयन गर्नुपर्ने कारण देखाउँदै कम्पनी दर्ता सेवा स्थगित गरेको हो ।

मङ्गलबार सर्वोच्च अदालतबाट यसै वर्षको असार १९, साउन १७, भदौ ९ र भदौ १६ को मितिमा कार्यालयले प्रकाशित गरेको सूचना अनुसारका सम्पूर्ण काम कारबाहीमाथि रोक लागेको छ । अदालतले अन्तरिम आदेशको टुङ्गो नलागेसम्म ती निर्णयहरू कार्यान्वयन नगर्न नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

कार्यालयबाट प्रवाह गरिने सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गर्न नयाँ सफ्टवेयर निर्माण गरी कार्यान्वयनमा ल्याइएको थियो । सोही सफ्टवेयरको कार्यान्वयनमाथि अदालतले रोक लगाउँदा कम्पनी दर्ता लगायतका सेवा प्रभावित भएका हुन् ।

अदालतको आदेशसँगै कम्पनी रजिस्ट्रार कार्यालयको सिस्टममा रहेका नयाँ कम्पनी दर्ता सम्बन्धी अनलाइन सेवा नचल्ने भएको छ । स्रोत टेकपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search