[the_ad id="16865"]

शिक्षक तथा कर्मचारीलाई रियल प्लान अभिमुखीकरण सम्पन्न

शिक्षक तथा कर्मचारीलाई रियल प्लान अभिमुखीकरण सम्पन्न
[the_ad id="16873"]

बर्दिया । प्लान नेपाल र बाँके युनेस्को क्लबको आर्थिक सहयोगमा गुलरिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गुलरिया नगरपालिका भित्रका सरकारी स्कुलका प्राधानाध्यापक तथा शिक्षकहरूलाई तीन दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

बर्दियाको गुलेरियामा आयोजना गरिएको उक्त कार्यक्रममा सिकाई अपूरण तथा द्रुत सिकाई योजना रियल प्लान सम्बन्धी अभिमुखीकरण गरिएको हो। बाँके इनेसको क्लबले आयोजना गरेको उक्त कार्यक्रममा क्लबका बालिका परियोजनाका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले सहजीकरण गर्नुभएको थियो। उक्त कार्यक्रममा व्यापक तथा शिक्षकहरूलाई सिकाई अपहरण तथा द्रुत सिकाई योजना रियल प्लान सम्बन्धी अभिमुखीकरण गरिएको बाँकी युनेस्को क्लबका सशक्त बालिका परियोजना कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले बताए ।

शुक्रबार शनिबार र आइतबार गरी तीन दिन सञ्चालन भएको उक्त कार्यक्रममा गुलरिया नगरपालिका भित्रका करिब ५ दर्जन शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो। बाँके युनेस्को क्लबले आयोजना गरेको उक्त अभिमुखीकरण कार्यक्रमले शिक्षण सिकाई अपूर्ण तथा दूरद सिकाई योजनाको बारेमा जानकारी प्राप्त भएको सम्भुषण माध्यमिक विद्यालयकी शिक्षिका गीता अर्यालले बताइन्।


उनले भनिन् लामो समयदेखि यस्ता तालिमहरू नभएको अवस्थामा यस्ता कार्यक्रमहरू सञ्चालन गरेर आफूहरूलाई रियल प्लान सम्बन्धी जानकारी गराएकोमा आफूहरूलाई खुसी लागेको समेत बताइन् । कार्यक्रममा शिक्षक र कर्मचारी गरी १३८ जनाको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search