[the_ad id="16865"]

गुलरियामा अभिभावक शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

गुलरियामा अभिभावक शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
[the_ad id="16873"]

भदौ ३१ बर्दिया । बाँके युनेस्को क्लबको आयोजना र गुलरिया नगरपालिकाको समन्वय र प्लान नेपालको आर्थिक सहयोगमा बर्दियाको गुलरियामा अभिभावक शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सशक्त बालिका परियोजना अन्तर्गत एक घर एक पढाइ प्रवर्धानार्थ र सामुदायिक सहभागिता अभिवृद्धिका लागि स्थानीय सरकार तथा शिक्षकहरूका लागि अभिभावक शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा अभिभावक शिक्षक र गुलरिया नगरपालिकाका वडा अध्यक्षहरू त्यसैगरी कार्यपालिका सदस्यको समेत उपस्थिति रहेको थियो।

सामुदायिक सहभागिताका लागि स्थानीय सरकार तथा शिक्षकहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको शसक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले बताउनुभयो । कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले बाँकी युनिसको क्लबले बालविवाह न्यूनीकरणका लागि गरेको कामको सराहना गर्नुभयो।उपप्रमुख गौतमले बालविवाह न्यूनीकरणका लागि समाजमा विभिन्न खाले कार्यक्रमहरू गर्दै आइरहेको र जसले गर्दा बालविवाह न्यूनीकरणमा समेत सहज भएको बताउनुभयो। कार्यक्रममा अवसर फाउन्डेसनका विद्यालयसँग हातेमालो कार्यक्रमका सिइओ रवि किरणले पनि सहजीकरण गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search