[the_ad id="16865"]

दशैंमा कष्टकर बन्दैछ सडक यात्रा

दशैंमा कष्टकर बन्दैछ सडक यात्रा
[the_ad id="16873"]

९ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पटक–पटक सार्वजनिक मञ्चमा भन्दै आएका छन्– मुख्य चाडपर्व अगाडि सडक मर्मत र खाल्डाखुल्डी पुर्ने काम सम्पन्न हुन्छ ।’

उता, यातायात व्यवसायी देशभरिका असुरक्षित सडक देखाउँदै अग्रिम टिकट बुकिङका लागि उत्साहित छैनन् । फितलो यातायात व्यवस्थापन, असुरक्षित सडक र अधिक यात्रु चापबीच यसपालि दशैंमा यात्रा गर्नुपर्ने बाध्यता हुन सक्ने देखिएको छ ।

‘काठमाडौंबाट जिल्ला गएको बस तोकिएकै समयमा फर्किने निश्चित भएको अवस्थामा मात्र अग्रिम टिकट काट्ने हो, सडकको यही हालतमा यो ग्यारेन्टी कसले दिन सक्छ रु,’ यातायात व्यवसायी राष्ट्रिय महासंघ वरिष्ठ उपाध्यक्ष सरोज सिटौला भन्छन् ।

१७ असोजमा परेको घटस्थापना अगाडि अब १५ दिनमात्र कार्य दिन छ । सरकार र व्यवसायीबीच अहिलेसम्म अग्रिम टिकट बुकिङ सहितका एजेन्डामा औपचारिक छलफल भइसकेको छैन ।

 


‘यति छोटो समयमा देशभरि भत्किएका सडकमा कसरी सुरक्षित र व्यवस्थित यातायात सञ्चालन सम्भव छ रु,’ सिटौला उल्टै प्रश्न गर्छन् ।

भौतिक मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकाल भने देशभरि सडक पूर्वाधार मर्मत र निर्माणको काम तत्परता साथ भइरहेको बताउँछन् । सुरक्षित यातायात व्यवस्थापनमा मन्त्रालय र मातहत निकाय गम्भीर भएर खटिएको उनको भनाइ छ ।

अघिल्लो साता मन्त्री दाहालले प्रदेशमन्त्री, सचिव तथा संघीय निकायका सरोकारवालाको बैठक राखेका थिए । बैठकमा समेत चाडबाडका बेला सडक यातायात सुरक्षित र व्यवस्थित बनाउनेबारे छलफल भएको उनी बताउँछन् ।

घटस्थापनापछि काठमाडौं उपत्यकाबाट दैनिक १ लाखभन्दा बढी यात्रुले उपत्यका छाड्ने गरेको पाइन्छ । पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा रहेका मानिस दसैं–तिहारजस्ता चाडबाड मान्न भने थातथलोमै फर्किने गर्छन् ।

यो बेला सरकारले रुट परमिट समेत खुला गर्ने गर्छ । निजी, रिजर्भ र सार्वजनिक सवारीसाधनका कारण सडकमा सामान्य अवस्थाभन्दा बढी चाप हुन्छ । यस्तो बेला सडकमा हुने स–साना घटनाले समेत लामो जाम पर्ने र यात्रा कष्टकर हुने गरेको छ ।

बुधबार व्यवसायीसँग औपचारिक छलफल, अग्रिम टिकट बुकिङ खुल्ला रु

दसैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रु लक्षित गरी हरेक वर्ष खुल्ने अग्रिम टिकट बुकिङ भने यसपालि पनि खोल्ने तयारी छ ।

यातायातमन्त्री दाहालले बुधबार उक्त प्रयोजनका लागि सरोकारवालाबीच बैठक बोलाएका छन् । सोही बैठकले देशभरिका लागि सार्वजनिक बसको अग्रिम टिकट काट्ने मिति तोक्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता ढकालले बुधबार मन्त्रालयले चाडबाडमा यातायात व्यवस्थापनमा जुट्नुपर्ने सबै सरोकारवालाको बैठक बोलाएको र सोही बैठकबाट निर्णय हुने जानकारी दिए ।

‘अग्रिम बुकिङ यातायात व्यवस्थापन सहज बनाउने विषयको एक पाटोमात्र हो,’ उनले भने, ‘समग्रमा चाडबाडमा यातायात सुरक्षित र सहज बनाउनेबारे गम्भीर छलफल र तयारीमा जुटेका छौं ।’

यातायात व्यवस्थापन, अग्रिम टिकट, सडक मर्मत र निर्माण, सार्वजनिक सुरक्षा सहित विषयमा गर्नुपर्ने आवश्यक तयारीबारे बुधबार सरोकारवालाको बैठक बोलाइएको हो ।

उता, व्यवसायीले भने अग्रिम टिकट बुकिङलाई सरकारसँगको माग पूरा गर्ने ‘बार्गेनिङ टुल’ का रूपमा उपयोग गर्ने गर्छन् । यसपालि व्यवसायीले सडकको अवस्थालाई लिएर असन्तुष्टि जनाएका छन् ।

सरकारले देशभरि एकै पटक सुरु गरेको सडक स्तरोन्नतिको काम, वर्षायामका कारण पहिरोले सडकमा पुर्‍याएको क्षति र निर्माण तथा मर्मतमा भइरहेको ढिलाइका कारण राजमार्गहरू यात्रायोग्य अवस्थामा छैनन् ।

महासंघ वरिष्ठ उपाध्यक्ष सिटौला सरकारले भौतिक पूर्वाधारमा गम्भीर भएर ध्यान दिन नसक्दा यात्रु, व्यवसायी र कर्मचारी सबैले दुःख पाउनुपरेको बताउँछन् ।

‘बाहिरबाट हेर्दा हामीले बार्गेनिङ गरेको देखिन्छ, तर सडकमा दुःख पाउने भनेको यात्रु र यातायात मजदुरले नै हो,’ उनी भन्छन्, ‘दसैंमा अहिले भएकै सवारीसाधनबाट धेरै यात्रा व्यवस्थापन गर्नुपर्ने भएकाले सडकको अवस्थामा सरकार गम्भीर हुनुपर्ने देखिन्छ ।’


देशभरि सडकमा समस्या

सडक विभागका अनुसार यस वर्ष वैशाखयता देशभरि ६ सय १८ भन्दा बढी स्थानका सडकमा समस्या आएको थियो । यसमध्ये मुख्य राजमार्गमा तत्काल यातायात सुचारु गर्ने काम भए पनि सवारीसाधनको कम चाप भएका धेरै स्थानमा भने अझै पनि पूरै मर्मत हुन सकेको छैन ।

अहिले पनि देशभरि ३ सय २९ स्थानमा सडक एकतर्फी चल्ने गरेको विभागको अध्यावधिक विवरणमा उल्लेख छ । काठमाडौं उपत्यकाबाट बाहिरिने सबैजसो नाका सुस्त मर्मत र स्तरोन्नतिको मारमा छन् । सोहीकारण मुख्य नाकामै चर्को जाममा सवारीसाधन फस्ने गरेका छन् ।

अर्कातर्फ, मनसुन प्रभाव कायमै रहेकाले सडकमा बाढी र पहिरोको जोखिम हटिसकेको छैन । भौतिक मन्त्रालयका प्रवक्ता ढकालका अनुसार एक वर्षमा सडक मर्मत सम्भारमा मात्र ३ अर्ब रुपैयाँ हाराहारी खर्च हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search