[the_ad id="16865"]

बर्दियामा भाडा लिएर बस्ने भारतिय नागरिकको कोठाबाट हतियार बरामद

बर्दियामा भाडा लिएर बस्ने भारतिय नागरिकको कोठाबाट हतियार बरामद
[the_ad id="16873"]

बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं.८ बस्ने भारतिय नागरिकको कोठाबाट हतियार फेला परेको छ । भारतको उत्तर प्रदेश बहराईच जिल्लाका सरोबर राईनको कोठाबाट हतियार फेला परेको हो । भधुवन नगरपालिका वडा नं. ८ स्थित कोठारी थारुको घरमा कोठा भाडामा लिएर बस्दै आएका सरोवर राईन कसैलाई केही नभनी कोठा छाडेर गएको र घर मालिकले राईनले भाडामा लिएर बस्दै आएको कोठा सफा गर्ने क्रममा उनको कोठा भित्र रहेको झोलामा शङ्का लागि हेर्दा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


कोठा भाडामा लिएर फलफुल ब्यवसाय गर्दे आएका राईन कसैलाई नभनी कोठा छोडेर गएकाले घर मालिकले कोठा सफा गर्ने क्रममा हतियार जस्तो बस्तु देखे पछि प्रहरी कार्यालयमा जानकारी गराएका थिए र उक्त बस्तु पेस्तोल भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक तुल्सिराम अर्यालले बताउँनु भयो । उनको कोठाबाट हतियार फेला परे पछि सरोबर राईनको खोज तलाश शुरु गरिएको जिलला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search