[the_ad id="16865"]

बढैयाताल गाउँपालिकाको गाउँसभा हुन नसक्नुको मुख्य कारक उधारो टेन्डर प्रक्रिया

बढैयाताल गाउँपालिकाको गाउँसभा हुन नसक्नुको मुख्य कारक उधारो टेन्डर प्रक्रिया
[the_ad id="16873"]

नियमानुसार असार मसान्त भित्र सम्पन्न हुनु पर्ने गाउँ सभा असोज मध्य सम्म पनि हुन सकेको छैन । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाको गाउँ सभा असोस मध्य सम्म हुन नसक्दा बिभिन्न किसिमका कामहरु अलपत्र परेका छन भने दशैको मुखमा कर्मचारीहरुको तलव र सामाजिक सुरक्षा भत्ता बितरणमा समेत समस्या उत्पन्न भएको छ । सरकारले जेष्ट नागरिकका लागि जिवन यापनमा सहजहोस भन्ने उदेश्यले जेष्ट नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ तर आन्तरिक द्धन्दका कारण बर्दियाको बढैयाताल गाउँपालिकाको गाउँ सभा हुन नसक्दा समाजिक भत्ता बितरण लगायतका कामहरु समेत प्रभावित हुन थालेका छन ।


गाउँपालिकाको समय सिमा भित्र गाउँसभा हुन नसक्नुमा बिभिन्न स्वार्थहरु जोडिएका छन । गत बर्ष मात्र गाउँपालिकाले स्रोत सुनिश्चितता नभईकन करिव ५४ करोड रुपैयाको उधारो खरिद प्रकृया सम्झौता गरेको छ जसका कारणले यस आर्थिक बर्षमा वडाहको बजेट कटौति हुने देखिए पछि वडा अध्यक्षहरुले समेत वडाको बजेट कटौतीमा असहमति जनाउँदा गाउँ सभानै प्रभावित हुन पुगेको बढैयाताल गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष शुक्रराज सापकोटाले बताए ।



उनले भने गाउँपालिका अध्यक्ष उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको समन्वय हुन नसक्दा गाउँ सभा सम्पन्न हुन नसकेको भए पनि सोमबार भने गाउँ सभा सम्पन्न हुनेमा आफु बिश्वस्त रहेको बताए । बढैयाताल गाउँपालिकामा एमाले निकट जन प्रतिनिधिको बहुमत छ भने सापकोटा काग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन भने गाउँपालिका अध्यक्ष र अर्का एक वडा अध्यक्ष मात्र माओवादीबाट निर्वाचित हुन ।


अल्पमतमा परेका काग्रेस र माओवादीले एमालेलाई जसरीभए पनि फाउँनु पर्ने बाध्यता देखिन्छ तर आपसि समझदारी हुन नसक्दा गाउँपालिकानै बन्धक बन्न पुगेको छ । पटक पटक गाउँपालिकाको गाउँ कार्यपालिका बस्दा पालिकामा तिन जना एकातिर हुन्थे भने अन्य एकातिर हुन्थे जसले गर्दा एकले अर्कालाई आरोप लगाउँदै बैठक सकिने गर्दथ्यो तर त्यसको समन्वयकारी भुमिका निर्वाह गर्ने बैठकका सचिवले समेत समन्वयकारी भुमिका निर्वाह गर्न नसकेको बढैयाताल गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तेजनाथ पौडेलले बताए ।


उनले भने पालिका प्रमुख उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले समन्वय गर्न नसक्दा यो स्थिति आयो । गाउँपालिकाको गाउँ सभा हुन नसक्नुमा गत बर्षको उद्यारो खरिद प्रकृया भएको बताउँदै आफु आफुले बजेट तान्न खोजेका कारण सभानै हुन नसकेको बताउँदै सोमबार बस्ने कार्यपालिकाले निर्णय गर्नेमा आफु बिश्वस्त रहेको समेत बताए ।



जे होस जस्तो होस गाउँपालिकाको बिकासका लागि निर्वाचित भएका जनप्रतिनिधिले गाउँपालिकालाई बन्धक बनाउँनु भन्दा पनि एक आपसमा मिलेर त्यसको समाधान गर्न जरुरी देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search