[the_ad id="16865"]

बर्दियामा सञ्चालित आयोजनाका क्रर्सरले बेथिति गरे-समन्वय प्रमुख बिष्ट

बर्दियामा सञ्चालित आयोजनाका क्रर्सरले बेथिति गरे-समन्वय प्रमुख बिष्ट
[the_ad id="16873"]

सडक डिभिजन कार्यालय बाँकेले २०७९ सालमा ठेक्का सम्झौता गरे बमोजिम निर्माण शुरु भएकोे बर्दियाको पञ्चबजार फुटाहा जमुनी मानखोला गौघाट सडक निर्माण शुरु भएको तिन बर्ष सम्म पनि सडकको ३० प्रतिशत काम मात्र सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय बाँकेले त्यस आयोजना सम्पन्न गर्न देव एण्ड सायर मित्र तेज जेभी महेन्द्रनगर बिच सम्झौता गरी बर्दिया जिल्लाको गुलरिया नगरपालिकालाई त्यस कार्यालयको चलानी नं. १४४ मार्फत २०७९ भदौ ५ गते गुलरिया नगरपालिकालाई क्रसर निर्माणका लागि सिफारिस गरेको देखिन्छ

भने गुलरिया नगरपाकिलाले जिल्ला प्रशासन कार्यालय बर्दिया र जिल्ला समन्वय समिति बर्दियालाई बढीमा २ बर्षका लागी आयोजनामा प्रयोग हुने निर्माण समाग्री उत्पादन गर्न सिफरिस गरेको देखिन्छ र गुलरिया नगरपालिकाले वडा नं. १२ को सिफारिस, सडक डिभिजन कार्यालय बर्दियाको सिफारिस सहित राखेर जिल्ला प्रशासन कार्याल्य बर्दिया र जिल्ला समन्वय समिति बर्दियालाई २ बर्षका लागि मात्र क्रसर स्थापना गर्न अनुमति प्रदानका लागि सिफारिस गरेको छ तर अहिले सम्म हेर्ने हो भने देव एण्ड सायर मित्र तेज जेभी महेन्द्रनगर संग भएको सम्झौता अनुसार सडकमा काम भएको देखिदैन भने निर्माण समाग्री उत्पादन गर्ने क्रसर भने दिनरात सञ्चालन भई रहेको छ त्यहाँबाट उत्पादीत निर्माण समाग्री बजारमा बिक्री बितरण हुदै आएको भनि समाचार तयार पार्दा समेत जिल्ला समन्वय समितिले कुनै चाँसो दिएको देखिदैन ।


२ बर्षका लागि मात्र दिईएको सिफारिसमा क्रसर सञ्चालकले समय भन्दा पछि पनि क्रसर सञ्चालन गरि रहेका छन ।
यस बिषयमा प्रश्न गर्दा जिल्ला समन्वय समिति बर्दियका प्रमुख सुर्य बहादुर बिष्टले आयोजनाका नामबाट स्थापना हुने क्रसरहरुले बेथिति गरेको स्विकार गर्नु भयो । उहाँले भन्नु भयो यस भन्दा पहिलाका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले अनुगमनका लागि अटेर गरेर क्रसर सञ्चालन गर्नेहरुको मनोबल बढाएको र कानुन बिपरित जाने क्रसर उद्योगलाई कानुन बमोजिम कारबाही गर्न आफु लाग्ने बताउँनु भयो ।


२०७९ सालमा ३७ नं. ठेक्का अन्र्तगत ठेक्का सम्झौता भएको पञ्चबजार फुटाहा जमुनी मानखोला गौघाट सडकको काम पटक पटक स्थगत हुदै निर्माण कम्पनीले जम्मा ३० प्रतिशत काम गरेको सडक डिभिजन कार्यालयका प्रमुखले बताउँनु भयो । उहाले भन्नु भयो सडकको निर्माण छिटो र छरितो होस भन्ने उदेश्यले सिफारिस गरिएको भए पनि निर्माण ब्यवसायीले क्रसरको गलत प्रयोग गरेको बताउँनु भयो ।
आयोजनाका नाममा सञ्चालन हुने क्रसरले आयोजना भन्दा बाहिर गएर उत्पादीत निर्माण समाग्री बिक्री बितरण गर्न नपाईने भए पनि क्रसर सञ्चालकले खुलेआम निर्माण समाग्री बजारमा बिक्री गर्दे आई रहेका छन । यस बिषयमा प्रश्न गर्दा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कानुन बिपरित काम गर्न कसैलाई छुट नभएको र कानुन बिपरित जानेलाई कारबाही गरिने बताउँनु भयो ।


त्यसैगरी गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले समेत दुई वर्षका लागि स्वीकृति दिएको क्रसर हालसम्म सञ्चालन रहेको प्रति आपत्ति जनाउँदै त्यसलाई बन्द गर्नका लागि आफूले जिल्ला समन्वय समितिलाई जानकारी गराइने बताउनुभयो । बर्दिय जिल्लामा सञ्चालनरत रहेका क्रसरहरुले नियम मिचेर काम गर्दा समेत अनुगमन र नियमन गर्ने निकायका रुपमा रहेको जिल्ला समन्वय समिति भने मौन देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search