[the_ad id="16865"]

अवैध क्रसर सञ्चालक सँग अनुगमन समिति निरिह

अवैध क्रसर सञ्चालक सँग अनुगमन समिति निरिह
[the_ad id="16873"]

बर्दिया जिल्लाको ८ स्थानिय तहमा ९ वटा क्रसरहरु सञ्चालनरत रहेका छन । बर्दिया जिल्लाको राजापुर नगरपालिकामा २, मधुवन नगरपालिकामा १,ठाकुरबाबा नगरपालिकामा २ गुलरिया नगरपालिकामा ३ वटा गरी करिव ८ वटा क्रसरहरु जिललामा सञ्चालनरत रहेका छन । बर्दिया जिल्लामा सञ्चालन भएका क्रसरहरु मध्य २ वटा क्रसर मात्र दर्तावाल क्रसरहरु त्यो मध्य पनि मधुवन नगरपालिका वडा नं. ९ मा रहेको क्रसर नविकरण बिनानै सञ्चालन भई रहेको छ भने बाकी ७ वटा क्रसरहरु आयोजनाका नाममा सञ्चालन भएका छन भने कतिपय आयोजना सकिदा समेत क्रसर उद्योग भने बन्द भएका छैनन ।

जिल्लामा सञ्चालन हुने क्रसर उद्योगहरुको अनुगमन र नियमन गर्ने निकाय भनेको जिल्ला समन्वय समिति हो तर शुरक्षाको दृष्टिकोणले कमजोर मानिएको जिल्ला समन्वय समितिले क्रसर सञ्चालकहरुले बेथिति गरिरहेको स्विकार गरे पनि त्यसको नियमन गर्न भने सकेको देखिदैन ।

जिल्लामा सञ्चिालनरत हुने क्रसरहरु समेत बिभिन्न आयोजनाका नाममा सञ्चालनरत छन तर आयोजनाको नाम दिने र सम्झौता भन्दा बाहिर गएर निर्माण समाग्री उत्पादन र बिक्री बितरण गर्ने क्रसरलाई कारबाही हुन नसक्दा क्रसर खेती अझ मौलाउँदै गएको देखिन्छ । आयोजनाको नाममा स्थानिय तहबाट स्विकृति लिने र स्थापना हुने भए पनि समय भन्दा बाहिर समेत क्रसर सञ्चालन भई रहेका छन । आर्थिक बर्षको अन्त्य सँगै घाट गद्धी गरेर राखेको नदी जन्य पदार्थको स्टक प्रमाणित बिनानै क्रसर उद्योगहरुमा नदी जन्य पदार्थ निरन्तर ढुवानी हुदा समेत सम्बन्धित निकाय मौन बसेको आरोप स्थानियले लगाएका छन ।

सडक डिभिजन कार्यालय बाँकेले निर्माण स्विकृति दिएको र सम्झौता गरेर २०७९ साल देखि निर्माण शुरु गरिएको पञ्जबजार फुटाहा, जमुनी मानखोला गौघाट सडक आयोजनका लागि निर्माण समाग्री उत्पादन गर्न भनि ३ बर्ष पहिला गुलरिया नगरपालिका वडा नं. १२ मा क्रसर स्थापनाको सिफारिस गरेर स्थापना भएको क्रसरले उत्पादन गरेको निर्माण समाग्री आयोजना भन्दा बाहिर गएर बिक्री बितरण हुदा समेत कसैले रोका लगाउँन सकेको देखिदैन ।

उक्त आयोजना निर्माण शुरु भएको तिन बर्षमा ३ प्रतिशत काम मात्र सम्पन्न भएको छ भने आयोजनका लागि सञ्चालन भएको क्रसर उद्योगबाट करिव १ लाख घन मिटर निर्माण समाग्री उत्पादन भएको छ भने अर्को महत्वपुर्ण कुरा त्यस क्रसरको स्थापनाका लागि गरिएको सिफारिसलाई हेर्ने हो भने २ बर्षका लागि मात्र भनेर गुलरिया नगरपालिकाले समन्वय र जिल्ला प्रशासन कार्यालय बर्दियालाई सिफारिस गरेको अवधि समेत पुरा हुदा पनि क्रसर निर्वाद रुपमा सञ्चालनरत रहेको छ । क्रसरहरु अगुमन तथा नियमन गर्नका लागि भनेर अनुगमन समितिनै कानुनमा ब्यवस्था हुदा समेत त्यसको अनुगमन हुन सकेको छैन । क्रसर सञ्चलनको अनुगमन र नियमन गर्न तपसिल बमोजिमको अनुगमन समिति गठन गरिएको हुन्छ ।

बर्दिया जिल्लामा रहेका केही क्रसरहरुले क्रसर सञ्चालन एउँटा किक्तामा र बिजुली जडानको काम अर्के कित्तामा समेत गर्ने गरेका छन । बेथितिको हद नाघि सक्दा समेत बर्दियामा आयोजनाका नाममा नियम मिचेर सञ्चालन भएका क्रसर उद्योगको अगाडी अनुगमन गर्ने निकाय समेत मौन देखिएका छन । कानुनको बर्खिलाप गएर क्रसर सञ्चालन भए पनि क्रसरहरु बन्द गर्न भने सवै आनाकानी गर्ने गर्दछन जसले गर्दा दादागिरी शैलिमा क्रससर सञ्चालन भई रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search