[the_ad id="16865"]

बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवेदीलाई सोधियो स्पष्टीकरण

बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवेदीलाई सोधियो स्पष्टीकरण
[the_ad id="16873"]

बर्दिया । बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीलाई स्पष्टीकरण सोधिएको छ। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर आइसकेपछि काममा शजीकरण नगरेको कार्यपालिकालाई जानकारी नगरिकन वैदेशिक भ्रमणमा गएको लगायतका विषयमा स्पष्टीकरण सोधिएको हो । बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीद्वारा हस्ताक्षरित उक्त स्पष्टीकरण पत्रमा प्रमुख प्रशासकीय अधिकृतले आफ्नो जिम्मेवारी अनुसारको काम गर्न नसकेको कार्यालयमा रहेको नगद तथा जिन्सी सामग्रीहरूको संरक्षण गर्न नसकेको र आफूखुसी काम गर्ने गरेको र कार्यालय परिसरमा रहेको सवारी साधन ड्राइभरले लगेको हो या कसैले लगेको हो भन्ने विषयमा समेत चासोका साथ उक्त पत्रमा सोधिएको छ ।

असोज २० गते सोधिएको स्पष्टीकरण पत्रमा तीन दिनभित्र लिखित जवाफ पेश गर्न समेत निर्देशन गरिएको छ। उक्त स्पष्टीकरण पत्रमा कार्यालयमा रहेका प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी बहन नगरी सामाजिक सञ्जालमा लेख्ने गरेको प्रति पनि आपत्ति जनाइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीलाई सोधेको स्पष्टीकरणको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत बोधार्थ पठाइएको छ। बढेताल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुवेदी आएदेखि नै विभिन्न कुराहरूमा विवाद हुँदै आएको छ। गाउँपालिकामा जिम्मेवार व्यक्तिले नै सामाजिक सञ्जालहरूमा जथाभावी लेख्ने गरेको भन्दै समेत कार्यपालिकाका सदस्यहरुले आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search