[the_ad id="16865"]

गर्भवती र सुत्केरीलाई निःशुल्क दूध वितरण गर्दै राजापुर नगरपालिका

गर्भवती र सुत्केरीलाई निःशुल्क दूध वितरण गर्दै राजापुर नगरपालिका
[the_ad id="16873"]

ज्योति पन्थी बर्दिया । बर्दिया जिल्लाको राजापुर नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरूलाई ६० दिनसम्म निःशुल्क दूध वितरण कार्यक्रमको शुभारम्भ गरेको छ।

राजापुर नगरपालिका क्षेत्रभित्र रहेका बालबालिकालाई कुपोषणबाट रोक्न र सुत्केरी गर्भवती महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउनका लागि निःशुल्क दूध वितरण सुरु गरिएको हो। सुत्केरी र गर्भवती महिलाको स्वास्थ्यमा सुधारसहित दुध उत्पादन गर्ने राजापुर नगरपालिका क्षेत्रभित्रका किसानहरूले उत्पादन गरेको दुध बिक्रीमा समेत मद्दत पुग्ने उद्देश्यले यो अभियान सुरु गरिएको राजापुर नगरपालिकाका नगर प्रमुख रुपेश थारुले बताउनुभयो। साथै नगर प्रमुख थारुले हाललाई राजापुर नगरपालिकाको १० वटै वडामा गर्भवती र सुत्केरी महिलाहरूलाई दूध निःशुल्क रुपमा वितरण गर्न सुरु गरिएको समेत बताउनुभयो ।

बिरामी र बच्चाको स्वास्थ्यमा सुधार ल्याउनका लागि निःशुल्क दूत वितरण गर्न लागिएको राजापुर नगरपालिका ले जनाएको छ । नगर प्रमुख थारुले गर्भवती तथा सुत्केरी महिलाहरूलाई स्वास्थ्यमा सुधार ल्याउनका निम्ति निःशुल्क रुपमा दूध वितरण गर्न लागिएको समेत बताउनुभयो। उहाँले यो सेवा व्यवस्थापन हुन सके ६० दिन मात्र नभई ६ महिनासम्म पनि दूध उपलब्ध गराउने सोच आफुले लिएको समेत दूध वितरणका लागि आयोजना गरिएको कार्यक्रममा जानकारी दिनुभयो ।

नगरपालिकाले ६० दिनका सुत्केरी तथा गर्भवती महिलालाई दूध वितरण गरेर स्वास्थ्यमा सुधार ल्याउने प्रयत्न गरेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताउनुभयो । पछिल्लो समय विकासमा अगाडि बढेको राजापुर नगरपालिकाले स्वास्थ्यमा समेत थुप्रै कामहरू गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search