बर्दिया —बर्दियाको सदरमुकाम गुलेरियामा रोकिराखेको ट्याक्टरको ट्रलीमा ठोकिएर स्कुटी दुर्घटना हुँदा स्कुटरमा सवार बाबुछोरीको मृत्यु भएको छ । आइतबार गुलरिया जिल्ला अस्पतालस्थित हुलाकी सडकमा रोकिइराखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरको ट्रलीमा बा ६८ प ७०३६ नम्बरको स्कुटी ठोक्किएर २ जनाको ज्यान गएको छ भने स्कुटरमा सवार दुईजना घाइते भएका छन् .
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालका अनुसार दुर्घटनामा सप्तरीका ३२ वर्षका रामकुमार साह र छोरी ६ वर्षकी विद्याको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
एसपी खनालले साहका पत्नी र छोरा घाइते भएको बताएका छन् । उनीहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको छ।
स्कुटीमा चार जना सवार थिए । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।