गायिका एलिना चौहानले अनुभवबाट सिकेर नयाँ जिन्दगी सुरुवात गर्न चाहेको बताएकी छन् । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् ।
आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्धविच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न । सात जुनीसम्म हुन्छ भनेर गरेको हुन्छ’ उनले भनेकी छन्, ‘बाबुआमाले पनि मुटु फुटाएर डिभोर्स होस् भन्ने चाहँदैनन् ।’
यो निर्णय सोचेर लिएको हुँ । दुईजनाले सोचेर र परिवारबीच सल्लाह गरेर लिएको निर्णय हो








