[the_ad id="16865"]

भारतको कुम्भ मेलामा गएका ५ नेपालीको दुर्घटनामा मृत्यु

भारतको कुम्भ मेलामा गएका ५ नेपालीको दुर्घटनामा मृत्यु
[the_ad id="16873"]

भारतमा भएको सवारी दुर्घटनामा ५ जना नेपालीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतका अनुसार बिहार राज्यको सहर मुज्फरपुरमा भएको उक्त दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

धनुषासँगको सीमा नजिकै पर्ने स्थानमा भएको दुर्घटनाबारे भारतीय पक्षले धनुषा प्रहरीलाई जानकारी गराएको थियो । दुर्घटना शनिबार नै भएको र मृतकहरु कुम्भ मेलामा गएर फर्किँदै गरेकाहरु भएको एक प्रहरी अधिकारीले रातोपाटीलाई बताए ।

उनका अनुसार अर्चना ठाकुर, कनतारनी देवी, बालकृष्ण झा र इन्दु देवीको मृत्यु भएको छ । अर्का चालक नेपाली नै भएपनि नाम खुलेको छैन । दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा , सृष्टि ठाकुर र जगतारण देवी घाइते भएका छन् ।

बीआर ३२ पीए ४६६१ नम्बरको भारतीय गाडी दुर्घटना भएको हो । घाइतेहरुको स्थानीय श्रीकृष्ण मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मृतक र घाइतेहरु महोत्तरीको हर्दिया र धनुषाको जनकपुरका भएको धनुषा प्रहरीको भनाइ छ । प्रहरीले तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search