[the_ad id="16865"]

गुलरियामा लागूऔसध नियन्त्रण महिला हिंसा र विद्यमान कानुन व्यवस्था विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न

गुलरियामा लागूऔसध नियन्त्रण महिला हिंसा र विद्यमान कानुन व्यवस्था विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न
[the_ad id="16873"]

विश्वास चापागाई

बर्दिया फागुन १८ गते । गुलरिया नगरपालिकामा लागू औषध दुर्वेशन नियन्त्रण तथा महिला हिंसा र विद्यमान कानुनी व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गुलरिया नगरपालिकाका १२ वटा वडामध्ये ६ वटा स्थानमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा महिला हिंसा र हिंसा गरेबापत हुने कानुनी सजायका बारेमा जानकारी गराइएको थियो भने उक्त कार्यक्रममा लागू औषध दुर्वेशनीबाट हुने हानि नोक्सानीका बारेमा समेत जानकारी गराइएको थियो। कार्यक्रम गुलरिया नगरपालिका वडा नम्बर ११ वडा नं १२ वडा नं १ वडा नं ३ वडा नम्बर ७ र वडा नम्बर १० मा सञ्चालन गरिएको थियो । गुलरिया नगरपालिकाका १२ वटा वडा मध्ये ६ वटा वडामा सम्पन्न गरिएको उक्त कार्यक्रमको प्रशिक्षण हिमा सुनार गुलरिया नगरपालिकाका प्रेस सल्लाहकार ज्योति पन्थी लगायतले गर्नुभएको थियो।

एउटा वडामा ८० जनाका स्थानीयको सहभागिता रहेको उक्त कार्यक्रम नगरपालिकाका विभिन्न वडाहरूमा ६ दिनसम्म सञ्चालन गरेको थियो। कार्यक्रममा विषयवस्तु केन्द्रित भएर सहभागीहरुलाई जानकारी गराइएपछि सहभागीहरूले समेत आफूहरुले त्यसबारेमा बुझ्न पाएको धारणा राखेका थिए। नगरपालिकाले गरेको यस्ता कार्यक्रम आगामी वर्षहरुमा समेत निरन्तरता दिन उनीहरुले अनुरोध गरेका थिए । गुलरिया नगरपालिका वडा नम्बर ११ को गाउँमा वडा नम्बर १२ को सानो बिक्री गाउँमा वडा नम्बर ३ को कट्टीमा वडा नम्बर १ को भरैयामा वडा नम्बर ७ को छठ माथा मन्दिरमा वडा नम्बर १० को मथुरामा उक्त कार्यक्रम सम्पन्न गरेको थियो।

कार्यक्रममा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम गुलरिया नगरपालिकाका प्रमुख प्रशासक अधिकृत ओमकार शाह भुलरिया नगरपालिकाका योजना शाखा अधिकृत मुकुन्द अर्याल सोही शाखाका दीपक गौतम लगायतले कार्यक्रमको अनुगमन गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search