ज्योति पन्थी गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहलाई सम्मान गरिएको छ। सोमबार गुलरिया नगरपालिकाको ४४ औँ कार्यपालिका बैठकमा शाहलाई सम्मान गरिएको हो। हालै प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्रत्येक वर्ष गरिने मूल्याङ्कनको १७ वटा सूचकका आधारमाआर्थिक वर्ष २०८० । २०८१ को मूल्याङ्कन हुँदा बर्दिया जिल्लाका आठ स्थानीय तहमध्ये गुलरिया नगरपालिकाले प्रथम स्थान हासिल गरेको भन्दै कार्यपालिका बैठकबाट प्रमुख प्रशासकीय अधिकृत शाहलाई सम्मान गरिएको हो।
गुलरिया नगरपालिकामा कार्यालयका कर्मचारीहरूको अथक मेहनतपछि गुलरिया नगरपालिकाको कार्यालय बर्दिया जिल्लामै पहिलो भएको र हौसला दिनका लागि सम्मान गरिएको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बताउनुभयो । कार्यपालिका बैठकबाट शाहलाई सम्मान गरिएपछि शाहले आफ्नो सम्मान भनेको सम्पूर्ण कर्मचारीहरूको सम्मान भएको बताउनुभयो नगरपालिकाले सेवा प्रवाहसँगै कार्यालयका काम सहज रुपमा गर्ने गरेमा नगरपालिका सधैं प्रथम हुने उहाँले बताउनुभयो । उक्त कार्यपालिका बैठकमा गुलरिया नगरपालिकाका कार्यपालिका सदस्यहरूले समेत प्रमुख प्रशासकीय अधिकृत शाहलाई बधाई दिँदै नगरपालिकालाई प्रथम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै कर्मचारीलाई बधाई दिएका थिए ।








