[the_ad id="16865"]

पोखरा थन्डर्स क्लबद्वारा राहत सामग्री वितरण

पोखरा थन्डर्स क्लबद्वारा राहत सामग्री वितरण
[the_ad id="16873"]

ज्योति पन्थी बर्दिया । पोखरा थन्डर्स क्लबले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं ८ मा रहेको पशुपति शान्ति शिवालय सुधामा वृद्ध सत्संग समूहलाई राहत समग्री हस्तान्तरण गरेको छ।

मलेसियामा बस्दै आएका अङ्कित थापाको सहयोगमा पोखरा थन्डर्स क्लब र बर्दियाका युवा निर्माण व्यवसायी जगदीश अधिकारीको सहयोगमा रहेको पशुपति शान्ति शिवालयमा करिब २ लाख मूल्य बराबरको राज सामग्री हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएको सामग्रीमा ब्ल्याङ्केट अनि खाने तेल नुन चामल दाल लगायत नगद रहेको युवा निर्माण व्यवसायी जगदीश अधिकारीले बताए । उक्त राज सामग्री हस्तान्तरण कार्यक्रममा बस्दै आएका अङ्कित थापाको सहयोगमा सामग्री वितरण गरिएको र आगामी दिनमा पनि त्यस्तो कार्यक्रमलाई निरन्तरता दिइने र शान्ति शिवालयलाई आवश्यक सहयोग गर्ने पोखरा थन्डर्स क्लबका प्रतिनिधि जनक केसीले बताउनुभयो ।

राहत वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले पशुपति शान्ति शिवालयको साँच्चिकै सुन्दर रहेको र थन्डर्स क्लबले वितरण गरेको राहत सामग्रीले आश्रममा बस्दै आउनुभएका जेष्ठ नागरिकहरूलाई जीवन यापनमा सहज हुने बताउनुभयो । पोखरा जस्तो अत्यन्तै टाढाबाट आएर बर्दियाको आश्रममा सहयोग गरेकोमा आश्रमका तर्फबाट आश्रम का कोषाध्यक्ष पवित्रा अर्यालले पोखरा थन्डर्स क्लबसहित बर्दियाका युवा उद्यमीहरूलाई धन्यवाद समेत दिनुभयो। राहत वितरण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बिमल केसी त्यसैगरी सचिव प्रकाश श्रेष्ठ सल्लाहकार कृष्ण पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search