[the_ad id="16865"]

खैरो हेरोईन सहित दुई जना प्रहरी नियन्त्रणमा

खैरो हेरोईन सहित दुई जना प्रहरी नियन्त्रणमा
[the_ad id="16873"]

बर्दिया चैत ४ गते । बर्दिया को मैनापोखरबाट लागु औषध खैरो हेरोईन सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बढैयाताल गाउपालिका अनर्तगत पर्ने मैनापोखरमा सवारी चेक जाँच गर्दा भे १ख ४२४७ नंको यात्रु बाहक सवारी साधनमा यात्रा गरि रहेका मधुवन नगरपालिका वडा नं.८ बस्ने २५ बर्षिया माधव चन्द र २४ बर्षिया अर्जुन कुँवरलाई नियन्त्रणमा लिएको ।

गुलरिया नेपागञ्ज सडकमा यात्रा गरि रहेका दुई जनालाई शंका लागि चेक जाँच गर्ने क्रममा उनिहरुको साथबाट २४ ग्राम १ सय मिलि ग्राम लागु औषध ब्राउन सुगर फेला परेका कारण नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक कृष्ण डाँगीले बताउँनु भयो । पक्राउँ परेका दुवै जनालय बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको समेत निरिक्षक डाँगीले बताउँनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search