चैत्र १० , काठमाडौं जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पार्टी एकीकरणको निमित्त गठन गरेको कार्यदलको प्रथम बैठक आज सम्पन्न भएको छ।
यस बैठकमा जनमत पार्टीका तर्फबाट राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खान ज्यू सहित पार्टीका प्रवक्ता डा. शरद सिंह यादव र बाल गोविन्द चौधरी ज्यूको उपस्थिती रहेको छ भने नागरिक उन्मुक्ति पार्टीका तर्फबाट माननीय गँगा चौधरी ,सुनिता चौधरी र रामलाल डगोरा थारु ज्यूको सहभागी रहेको छ ।








