बर्दिया बैशाख १८ गते । तराईमा बढदै गरेको गर्मी सँगै तरबुजाको ब्यापार पनि फस्टाउँदै गएको छ । तरबुजाको ब्यापारबाट तराई क्षेत्रमा राम्रो आमदानी गर्नेहरु पनि छन जसले गर्दा जिवन निर्वाहमा समेत टेवा पुगेको देखिन्छ ।
बर्दिया गुलरिया नगरपालिका ४ का ५८ बर्षिया बालकृष्ण थारुले चलाउँदै आएको भे ३ प ७६११ नं को मोटरसाईकलमा काठको टोकरी लगाउँनु भएको छ । त्यो टोकरीमा तरबुजा राखेर ७ बजे बिहान उँहा गुलरिया बजार पुग्नु हुन्छ र आफु सँग भएको तरभुज बिक्री गरेर ९ बजे घर फर्किनुहुन्छ र हतार हतार खाना खाएर उहाँ कार्यालय जानुहुन्छ अनि दिनभर एभरेष्ट बैक लिमिटेडको सवारी हाक्नु हुन्छ र साँझ ६ बजे तिर घर फर्किएर फेरी खेतबारीमा ब्यस्त हुनुहुन्छ । सिजन अनुसार थारु आफनो जागीर सँगै कृषि पेशामा रमाउँनु भएको छ ।
बेचेपुर निवासी बालकृष्णले गर्मिको सिजनमा जागिर सँगै तरबुजा र सीजन अनुसार तरकारी को ब्यापार गर्दे आउँनु भएको छ । आफनो खेतबारीमा लगाएको तरबुजा सिजनभरी बिक्री गरेर आमदानी समेत गर्नु हुन्छ । तरबुजाको ब्यापार गर्दे आउँनु भएका बालकृष्णले गर्मिको सिजनमा ४÷५ लाख सम्मको तरबुजा बिक्री गर्ने गरेको बताउँनु हुन्छ । मैले दिउँसोको समयमा कार्यालयको गाडी चलाउँछु बचेको समय मैले मेरो खेतबारीमा लगाउँने गर्दछु बिहान खेतबारीमा लगाएको तरभुजा मोटर साईकलमा राखेर गुलरिया बजारमा बिक्री गर्दा प्रत्येक दिन २ हजार जतिको ब्यापार हुन्छ सिजन भरिमा ४।५ लाखको ब्यापार भए नाफा पनि मनग्य हुन्छ थारुले भन्नुभयो । लगनी पनि थोरै भए पुग्ने र कृषि पेशाबाट आमदानी पनी हुने देखेर यो पेशा रोजेको उँहा बताउँनु हुन्छ । मेरो जागिर एभरेष्ट बैकको हो म साँझ फर्कदा ढिलै हुन्छ तर पनि मैले यो ब्यवसाय ५ बर्ष देखि गरि रहेको छु मैले सोचे भन्दा राम्रो आमदानी पनि पाएको छु । बालकृष्णले आफनो आमदानीले १५ जनाको परिवारलाई पालनपोषण समेत गर्दे आउँनु भएको छ ।

तरबुजाको ब्यापार गर्दै आउँनु भएका बालकृष्णले गुलरिया बजार क्षेत्रको प्रत्येक गल्लीमा पुगेर तरभुजा बिक्री गर्नु हुन्छ । बजार क्षेत्रमा बिक्री हुने गरेको भारतबाट आयातित तरभुजा भन्दा आफनै गाउँघरमा उत्पादन हुने गरेको तरभुजा बढी स्वादिलो हुने गरेको र आफुहरुले पनि उहाँ सँगबाटनै तरभुजा खरिद गर्ने गरेको गुलरिया नगरपालिका वडा नं.४ का शिक्षक डिल्लीराज घिमिरेले बताउँनु भयो । गर्मिको सिजभरि सधैजसो उहाँ यसरीनै बिहानै बजार पुग्नुहुन्छ स्थानिय प्रकाश श्रेष्टले बताउँनु भयो ।
पछिल्लो सयम नेपालमा केही गर्न सकिदैन भनेर बिदेश जाने युवाहरुले पनि बालकृष्णबाट धेरै पाठ सिक्न सक्छन । कृषि पेशामा लागेर स्वदेशमानै केही गर्न सकिन्छ भन्ने उदाहरण अहिले बर्दियाका बालकृष्ण थारु बन्नु भएको छ । 








