ज्योति पन्थी
बबई (बर्दिया) बैशाख २२ गते । तराईका जिल्लाहरुमा बढदै गएको गर्मि लाई छल्न मानिसहरुले सितलता प्रदान गर्ने स्थानहरु खोजि रहेका हुन्छन त्यसको एउँटा गन्तब्य स्थल बन्न पुगेको छ बर्दियाको ओखरिया ईन्टेक ।
गेरुवा गाउँपालिका १ मा पर्ने पर्यटकिय क्षेत्र ओखरिया ईन्टेकले पर्यटकको ध्यान तान्न थालेको छ । कर्णाली नदीको बिच भागमा प्रकृतिको अनुपम उद्धाहरण बनेको ओखरिया ईन्टेक पुग्दा गर्मिको मौसममा सवैलाई सितलता प्रदान गर्दछ । पश्चिम तर्फ ओखरिया ईन्टेकको किनारमा रहेको कर्णाली नदीमा बग्ने पानिको आवाजले समेत मानिसहरु सितलता प्रदान गर्दछ । ईन्टेकमा बनभोज खान र राजापुर सिचाई आयोजनाले निर्माण गरेको नहरमा फोटो खिच्नका लागि पनि पर्यटकहरु त्यस स्थामा पुग्दछन ।
आफुले ओखरिया ईन्टेककको बारेमा धेरै सुनेको भए पनि सुनेको भन्दा अझ बढी मनमोहक स्थल रहेछ यसलाई बिकासको आवश्यक्ता छ त्यसैले नेपाल सरकारलेनै यसको बिकास गर्नु पर्दछ गुलरिया नगरपालिका ३ का बिनोद भुसालले बताउँनु भयो । ओखरिया ईन्टेक पुग्दा बेग्लै किसिमको आनन्द आउँछ नदीमा पानि बगेको आवाज र त्यहाँबाट देखिने अग्ला पहाडको दृष्यले अझ बढी पर्यटकको मन लोभ्याउने गरेको कोहलपुर नगरपालिका ८ का स्थानिय सुरज सुवेदीले बताउँनु भयो ।

जंगलको बिचभागमा मध्यवर्ति क्षेत्र अन्र्तगत पर्ने उक्त क्षेत्रमा निकुञ्ज सँग समन्वय गरेर खाजाघरहरु सञ्चालन गर्न सक्ने हो भने रोजगारीको सिर्जन गर्न सकिने होटल अर्गनाईजेशन बर्दियका अध्यक्ष संगिता थापाले बताउँनु भयो । ओखरिया ईन्टेक सँग यातायात सम्पर्कलाई जोडेर गुणस्तरिय यातायात सेवा सञ्चालन भएमा पर्यटक आगमनमा थप उर्जा थपिने कोटही यातयात प्रालीका अध्यक्ष राजु भण्डारीले बताउँनु भयो । हामिले बिकास गर्न खोज्यौ त्यसको बाधक निकुञ्ज बन्यो गेरुवा १ का अध्यक्ष कर्मा चौधरीले बताउँनु भयो ।
ओखरिया ईन्टेक भएको क्षेत्र बर्दिया राष्टिय निकुञ्जको मध्यवर्ति क्षेत्र अन्र्तगत पर्दछ जसले गर्दा त्यस क्षेत्रमा ठुला बिकासका कामहरु समेत हुन सकेको छैन । ओखरिया ईन्टेक पुग्नका लागि गेरुवा गाउँपालिकाले सडक निर्माण सँगै उत्त पर्यटकिय क्षेत्रमा आवश्यक पर्ने पुर्वाधार बिकास गरि रहेको छ तर मध्यवर्ति क्षेत्रमा काम गर्न सहज नहुदा कतिपय काम गर्न नसकिएको गाउँपालिकका अध्यक्ष जमानसिंह केसिले बताउँनु भयो । उहाँले ईन्टेकको बिकासका लागि पालिकाले थुप्रै योजनाहरु बनाएको छ ति योजनाहरु कार्यान्वयनमा निकुञ्ज बाधक बन्दिदा काम गर्न समस्या छ ।

बर्दियाको बर्दिया राष्टिय निकुञ्जमा आउँने पर्यटकलाई ओखरिया ईन्टेक सँग जोडन सकेमा पर्यटकको एउँट राम्रो गन्तब्य स्थल ओखरिया ईन्टेक पनि हुनसक्छ ।








