[the_ad id="16865"]

अन्नको भण्डार बर्दियामा गहुँ उत्पादन बढ्यो

अन्नको भण्डार बर्दियामा गहुँ उत्पादन बढ्यो
[the_ad id="16873"]

बर्दिया बैशाख २८ गते । अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लामा गत बर्षको तुलनामा यस बर्ष गहुँ उत्पादनमा बृद्धि भएको छ ।
गत बर्षको तुलनमा यस बर्ष बर्दियामा गहुँ उत्पादनमा बृद्धि भएको एकिकृत कृषि तथा पशुपंक्षी बिकास कार्यालय बर्दियाले जनाएको छ ।
गत बर्ष बर्दिया जिल्लामा ८६ हजार तिन सय ४० मेट्रिक टन गहुँ उत्पादन भएको थियो भने यस बर्ष उत्पादन बढेर ९२ हजार आँठ सय मेट्रिक टन गहु उत्पादन भएको छ । गत बर्ष भन्दा यस बर्ष ६ हजार ४ सय ६० मेट्रिक टन गहुँ बढी उत्पादन भएको हो । बर्दिया जिल्लामा मात्र २४ हजार एक सय ५० हेक्टर जमिनमा गहुँ खेती हुदै आएको छ । गहुँ उत्पादन गर्ने कृषकले गहुँको मुल्य पाउँन थाले पछि गहुँ खेतिमा कृषकको आर्कषण बढदा गहुँ उत्पादन बढेको एकिकृत कृर्षि तथा पशुपंक्षी बिकास कार्यालय बर्दियकाका कार्यालय प्रमुख सागर ढकालले बताउँनु भयो । बर्दिया जिल्लाको गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, बढैयाताल गाउँपालिका र बारबर्दिया नगरपालिकामा बढी गहुँ खेती हुने गरेको छ ।


बर्दिया जिल्लामा मात्र ५० हजार एक सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ भने २४ हजार एकसय पाँच हेक्टर जमिनमा गहुँ खेति र पाँच हजार दुई सय ३० हेक्टर जमिनमा मकै खेती हुदै आएको छ । बिगतका बर्षहरुमा धान खेतीमा मात्र निर्मर हुने गरेका बर्दियाका कृषकहरु पछिल्लो समय भने गहुँ मकै जस्ता क्बालीमा आर्कषित हुन थालेका छन । गुहँ खेतीले बजार मुल्य पाउँदा कृषकलाई फाईदा भए पछि आफुहरु गहुँ खेती तर्फ लागेको गुलरिया नगरपालिका वडा नं.५ का स्थानीय कृष्णमोहन थारुले बताउँनु भयो ।
बर्दियामा कृषकले उत्पादन गरेको गहुँ बर्दिया जिल्ला लगायत नेपालगञ्ज, बुटवल, पोखरा, नारायणघाट, सुर्खेत लगायतका जिल्लाहरुमा बिक्री बितरण हुदै आएको कोटही एग्रोफर्मका सञ्चाल रोहित आचार्यले बताउँनु भयो ।
ज्योति पन्थी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search