[the_ad id="16865"]

नदी ब्यवस्थापन कार्यालय नहटाउँन सरकार सँग स्थानीयको अनुरोध

नदी ब्यवस्थापन कार्यालय नहटाउँन सरकार सँग स्थानीयको अनुरोध
[the_ad id="16873"]

ज्योति पन्थी
बबई(बर्दिया) बैशाख २७ गते । बर्दिया जिल्लामा तिन ठुला नदीहरु छन । बबई, मान र कर्णाली जस्त ठुला नदी बर्दिया भएर बग्ने गर्दछन भने औराही नदी, भादा नदी बर्दियाका सहाउक नदीमा पर्दछन ।
तिन ठुला नदी मध्यमा बबई नदी बर्दियको सदरमुकाम गुलरिया भएर बग्ने गर्दछ भने बबई नदीमा आउँने बाढीले सदरमुकामनै जोखिममा छ । २०७१ मा बबई नदीमा बाढी आउँदा ढुँग्रही गाउँ र रामपुर टापुनै बगायो बाढीमा परेर ३४ जनाको मृत्यु भयो भने बर्दिया राष्ट्रिय निकुञ्ज शुरक्षार्थ खटिएको नेपाली सेनाको दुई वटा पोष्नै बगाउँदा दुई जना नेपाली सेनाको समेत मृत्यु भएको भने पोष्टमा राखिएका हतियार समेत नदीले बगायो ।
त्यसैगरी बबई नदीमा २०७४ साल साउँन २८ गते राति बाढी आउँदा पाँच जनाले ज्यान गुमाए भने गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोडने पक्की पुलको चार वटा पिलरनै भासियो । त्यस पछि २०७९ साउँन २० गते आएको बाढीले गुलरिया र बारबर्दिया नगरपालिका जोडने पक्की पुलको स्ल्याप बगाए सँगै अहिले दुई नगरपालिकाको यातायात सम्पर्क समेत बिच्छेद भएको छ । पटक पटक बबई नदीमा बाढी आउँने र सर्वसाधारणले ज्यान जान थालेपछी पछि नेपाल सरकार जलस्रोत तथा सिचाई मन्त्रालका तत्कालिन मन्त्री सञ्जय कुमार गौतमको पहलमा बबई नदीको दक्षिण तर्फको भागमा नदी ब्यवस्थापन गर्न बबई भादा औराही नदी ब्यवस्थापन आयोजना स्थापना भयो । नदी ब्यवस्थापन कार्यालय स्थापना गरे पछि खुसि भएका गुलरियाबासी पुन निराश भएका छन । केही दिन अघि बबई भादा औराही नदी ब्यवस्थापन आयोजना राजापुरको कर्णाली नदी ब्यवस्थापन आयोजनामा गाभ्ने र कार्यालयको जनशक्तिलाई डडेलधुरा सार्ने मन्त्री परिषको निर्णय सँगै बर्दियाका स्थानीय चिन्तित भएका हुन ।
साँत बर्ष अघि शुरु भएको कार्यालय काम सम्पन्न नहुदै मन्त्री परिषदको निर्णयबाट डडेलधुरा स्थानान्तरण गर्ने तयारी भएको जानकारी आफुले पाएको र डडेलधुराका लागि कार्यक्रम तयार गर्न निर्देशन समेत आएको बबई भादा औराही नदी ब्यवस्थापन आयोजनाका आयोजना प्रमुख शिवजी साहले स्विकार गर्नु भयो ।
सदरमुकाम बचाउँन स्थापना गरिएको कार्यालयले साँत बर्षको समयमा २२ किलोमिटर मात्र नदी ब्यवस्थापनको काम गरेको छ भने भएका नदी ब्यवस्थापनको काम समेत मर्मत गर्ने समयमा कार्यालयनै नरहनु दुखद भएको गुलरिया नगरपालिका वडा नं.५ का स्थानीय भेषराज पौडेलले बताउँनु भयो । स्थानीयले बोरामा बालुवा भरेर जोगाएको सदरमुकाममा काम गर्नका लागि स्थापना भएको कार्यालय डडेलधुरा स्थानान्तरण हुनु बर्दियकाबासिका लागि दुखद भएको गुलरिया नगरपालिका वडा नं.६ का स्थानीय बिजयदत्त देवकोटाले बताउँनु भयो । पटक पटक रातिको समयमा बाढी आउँछ स्थानीयले ज्यान जोगाउँन मुस्किल हुन्छ एउँटा खुलेको कार्यालय लक्ष्य प्राप्ती बिनानै हटाईनु दुखद भएको बर्दियाका स्थानीय एवं पत्रकार कमल पन्थीले बताउँनु भयो ।
२०७४ सालमा आफु मन्त्री हुदा सदरमुकाम जोगाउँनका लागी सञ्चालनमा ल्याईएको कार्यालय डडेलधुरा स्थानान्तरण गर्नु बर्दियाकासिको अपमान भएको बर्दिया जिल्ला क्षेत्र नं.१ का संघिय सँसद सञ्जय कुमार गौतमले बताउँनु भयो । कार्यालय सारे बर्दियावासिलाई अन्याय हुने र मन्त्रीपरिषदले गरेको निर्णय स्थगन गर्न मैले प्रतिनिधि सभामा समेत आवाज उठाएको छु । बबई नदीमा आउँने बाढीले बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका र गुलरिया नगरपालिका प्रभावित हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search