ज्योति पन्थी
बर्दिया बैशाख ३० गते । जिल्ला प्रशासन कार्यालय बर्दियाको मुल गेट बाट भित्र तर्फ प्रशासन भवन अगाडी दाहिने तिर एउँटा सानो चिटिक्कको कोठा छ त्यस कोठामा बस्ने कर्मचारीले बैदेशिक रोजगारीमा जाने युवा युवतीलाई परामर्श दिने गरेका छन ।
त्यस कोठामा आप्रवासी स्रोत केन्द्र सहयाता कक्ष भनेर कार्यालय सञ्चालन भएको धेरै समय भएको छैन पुस २४ गते देखि सञ्चालन भएको कार्यालयले चार महिनामा साँत सय ७७ महिला र दुई हजार चार जना पुरुष गरी दुई हजार साँत सय ८१ जनालाई परामर्श दिएको छ ।
गुलरिया नगरपालिका र जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको अप्रवासी स्रोत केन्द्रमा नपुगी र परामर्श नलिई राहदानी नबन्ने भए पछि बैदेशिक रोजगारीमा जाने तयारी सहित राहदानी बनाउँन आउँनेहरुलाई केन्द्रका कर्मचारीहरुद्धार उनिहरु जाने जाने तरिका र उनिहरु ठगिन सक्ने आधार र भोलीको संभावित घटनालाई समेत कर्मचारीहरुले जानकारी गराउँने गर्दछन । स्रोत केन्द्रमा कार्यरत कर्मचारीले बैदेशिक रोजगारीमा जाने युवा युवतीलाई राहदानीको फर्म भरि सकेपछि परामर्श दिने र परामर्श दिई सके पछि उनिहरुको फर्ममा आप्रवासी स्रोत केन्द्रको छाप लगाए पश्चात राहदानी बन्ने भएकाले परामर्श बिना कसैले पनि राहदानी बनाउँन नपाउने भए पछी युवायुवतीहरु त्यस कक्षमा पुग्ने गर्दछन साथै बैदेशिक रोजगारीमा जाने युवायुवतीहरुलाई बैदेशिक रोजगारीमा गएर ठगिन नपरोन भनेर सहायता कक्ष सञ्चालनमा ल्याईएको हो ।
चार महिनमा बैदेशिक रोजगारका क्रममा समस्यामा परेका कुवेत लगायत देशबाट २ जनालाई उद्धार गरिएको छ भने १ जनाको शव ल्याउँन बाकी रहेको छ भने १ जानको खोजी कार्य जारी रहेको र एक जनाको उद्धार गरि नेपाल ल्याउँने तयारी भएको आप्रवासी परामर्शकर्ता बिनिता शर्माले बताउँनु भयो । चार महिनाको अवधिमा बैदेशिक रोजगारीमा जाने समयमा वा गई सकेका २७ उजुरी परामर्श केन्द्रमा दर्ता भएका छन भने बैदैशिक रोजगारीमा पठाईदिन्छु भन्दै रकम असुल गर्ने र नपठाएका बाट असुल उपर गर्नका लागि १ करोड ५० लाख बराबरको निवेदन आप्रवासी स्रोत केन्द्रमा परेको छ ।









