बर्दिया जिल्लाको मधुबन बढैयाताल र गुलरिया नगरपालिकाका किशोर किशोरीहरूलाई सशक्तिकरण गर्ने उद्देश्यका साथ आर्ट इज पावर कार्यक्रम सम्पन्न भएको छ। प्लान नेपालको आर्थिक सहयोग र मधुबन नगरपालिकाको समन्वयमा युनेस्को क्लबले आयोजना गरेको उक्त कार्यक्रममा तीनपालिकाका करिब ५० किशोरीहरूको उपस्थिति रहेको थियो ।
किशोर किशोरीहरूमा रहेको ऊर्जा सिर्जनात्मक रचना कलावेदना आवाज र सवालहरूलाई गीत कविता र नृत्य नाटक चित्रभाषण र गायन कला लोकदोहोरी मार्फत समुदायमा रहेका नकारात्मक अभ्यास हटाउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो।
समाजमा रहेका विभिन्न नकारात्मक क्रियाकलापलाई हटाउन कलाले पनि मद्दत पुग्ने भएका कारण किशोर किशोरीहरूलाई कार्यक्रममा समावेश गराएर आर्ट इंज पावर कार्यक्रम सञ्चालन गरिएको बाँके युनेस्को क्लबका उपनिर्देशक तथा सशक्त बालिका परियोजना कार्यक्रमका संयोजक गोविन्दप्रसाद लामिछानेले बताउनुभयो । कार्यक्रमको सहजीकरण प्रभात सुवेदी र बालिका चौधरीले गर्नु भएको थियो।








