[the_ad id="16865"]

आपसि बिवादका कारण झडप हुदा १२ जना घाईते

आपसि बिवादका कारण झडप हुदा १२ जना घाईते
[the_ad id="16873"]

ज्योति पन्थी
बर्दिया जेठ ४ गते । बर्दियाको सदरमुकाम गुलरिया मा आपसि बिवाद चर्कदै जाँदा भएको झडपमा परि १२ जना घाईते भएका छन ।
नाताले साला भेना पर्ने एकै परिवारका बच्चाहरुको बिषयलाई लिएर झडप हुदा राजेन्द्र यादव, गजेन्द्र यादाव, उमेश यादव, धनेश यादव, अशोक यादव, गंगोत्री यादव, रितायादव, बासमति यादव,निलम यादव खुस्वु यादव रहेका छन । दुवै परिवारको आपसि बिवाद चर्कदै जाँदा एक आपसमा हानाहान भए पछि बिवादले उग्र रुप लिएको स्थानियले बताएका छन । दुवै तर्फबाट एक अर्कामाथी खुकुरी,हसिया,चक्कु प्रहार भएको प्रत्यक्षदर्शिले बताएका छन ।


घाईते मध्य दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियका प्रहरी नायव निरिक्षक कृष्ण डाँगीले बताउँनु भयो । झडप गर्ने दुवै पक्ष साला भनेका परिवार हुन पहिला दुर्व जनाको बच्चाहरुको झगडा भयो पछि त्यो झगडा परिवामा पुग्दा झडप भएको गुलरिया नगरपालिका वडा नं.७ का वडा अध्यक्ष मनोज यादवले बताउँनु भयो । घाईते मध्य राजेन्द्र यादाव, गजेन्द्र यादव, उमेश यादव, गंगोत्री यादव, रिता यादव, आशेक यादव लगायतलाई बाकेको नेपालगञ्ज थप उपचारका लागि पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search