[the_ad id="16865"]

चार महिना देखी दुधको रकम भुक्तानी नपाएको भन्दै कृषकले गुहारे प्रशासन

चार महिना देखी दुधको रकम भुक्तानी नपाएको भन्दै कृषकले गुहारे प्रशासन
[the_ad id="16873"]

बर्दिया जेठ १८ गते । बर्दिया जिल्लाको गुलरिया नगरपालिकाका कृषकहरूले दूध बिक्री गर्दा पाउनु पर्ने रकम भुक्तानी नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दर्ता गराउनु भएको छ ।
गुलरिया नगरपालिका वडा न.३,५,७,८,९,१० का एक सय भन्दा बढी कृषकहरूले विगत चार महिना देखि आफूहरूले दूधको भुक्तानी नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दर्ता गराएउनु भएको हो ।
बासगढी नगरपालिकाको बाँसगढी बजारमा सञ्चालनरत रहेको भट्टराई डेरी उद्योग प्रा.लीले गुलरिया नगरपालिकाको वडा नं. ८ गुलरिया बजारमा सञ्चालन गरेको दूध सङ्कलन केन्द्रमा बिहान बेलुका दूध दिँदा समेत आफूहरूले चार महिनाको भुक्तानी नपाएको कृषकहरले बताउनु भएको छ । पटक पटक दूध बिक्री बापतको रकम माग गर्दा आफूहरूले भुक्तानी नपाए पछि बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दर्ता गर्नु परेको गुलरिया नगरपालिका वडा नं.९ का स्थानीय मनोज यादवले बताउनु भयो । कृषकहरूले भैसीपालनमा ठुलो रकम खर्च गर्नु पर्ने भए पनि समस्या बढदै गएको र गाई भैसीलाई पनि दान खुवाउन समस्या भएको गुलरिया नगरपालिका वडा नं. ९ का कृषक सालिकराम यादावले बताउनु भयो । डेरी सञ्चालन गर्दे आएका भट्टराई डेरी उद्योग प्रा.ली. बाससञ्चालक खेमराज भट्टराईले पैसा माग्दा समेत कृषकहरूलाई धम्क्याउने गरेको र फागुन महिना देखि अहिले सम्म भूक्तानी नपाएको गुलरिया नगरपालिका वडा नं. १० का रामराज यादवले बताउनु भयो ।
एक सय जना भन्दा बढी कृषक हस्ताक्षर सहित जिल्ला प्रशासन कार्यालय पुगेका कृषकलाई जिल्ला प्रशासन कार्यालय बर्दिया प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले यस बारेमा आवश्यक छानबिन गरिने र कृषकको रकम दिलाएर मात्र छोड्ने बताउनु भयो । उता दुग्ध उत्पादन गर्ने कृषकहरूले रकम भुक्तानी नपाएको भनी प्रश्न गर्दा डेरी सञ्चालक खेमराज भट्टराईले पैसा नदिएको स्वीकार गर्दे उजुरी हाल्दैमा केही नहुने र रकम भूक्तानी गर्ने बारेमा पहल भई रहेको र केहीलाई रकम भुक्तानी गरिएको बताउँदै केही कृषकहरुले चार महिनाको सवै रकम पाउनु पर्ने अडान राखेर जबरजस्ती पैशा मागेपछी बिवाद देखिएको बताउनु भयो ।
ज्योति पन्थी

फोटो चार महिना देखि दूध बिक्रीको रकम नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापन पत्र बुझाउँदै स्थानीयहरू ।
तस्बिर ज्योति पन्थी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search