प्रष्ट समाचार संवाददाता
बाँके युनेस्को क्लबको आयोजनामा र गुलरिया नगरपालिकाको समन्वयमा गुलरिया नगरपालिकामा अभिभावक र शिक्षकबीच अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ। गुलरिया नगरपालिका अन्तर्गतका शिक्षक र विद्यालयका प्रधानाध्यापक सहित विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि सङ्घ शिक्षक अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको हो।
बालविवाह न्यूनीकरणका लागि काम गर्दै आइरहेको बाँकी युनेस्को क्लबले आयोजना गरेको शिक्षक अभिभावक शिक्षा कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले शिक्षक र अभिभावक बीच बालविवाह न्यूनीकरण गर्नका लागि आयोजना गरेका यस्ता कार्यक्रमले सकारात्मक भूमिका निर्वाह गर्ने भयो । लामो समयदेखि बालविवाह न्यूनीकरणका क्षेत्रमा काम गर्दै आइरहेको बाँके युनेस्को क्लबले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर बिकले न्यूनीकरणका लागि शिक्षक र व्यवस्थापन समितिसहित शिक्षक अभिभावक संघका पदाधिकारीलाई लाई सचेतना गर्नका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा अर्जुनप्रसाद तिवारीले प्रशिक्षण गर्नुभएको थियो भने गुलेरिया नगरपालिकाका १० वटा मावि र आठवटा आधारभूत विद्यालयका ४० जनाको सहभागिता रहेको थियो ।








