[the_ad id="16865"]

विश्व वातावरण दिवसमा युवाहरूलाई अभिमुखीकरण

विश्व वातावरण दिवसमा युवाहरूलाई अभिमुखीकरण
[the_ad id="16873"]

जेठ २२, बर्दिया। जुन ५ विश्व वातावरण दिवसको अवसर पारेर ‘उत्थानशिलता को पक्षमा एकता’ भन्ने मूल नाराका साथ बर्दिया र कालिकोट जिल्लाका ५० जना किशोरीहरूलाई अभिमुखीकरण गरिएको छ। अभियानको बर्दियाको मधुवनमा बिहीवार आयोजित विशेष कार्यक्रममार्फत युवाहरूको नेतृत्वमा सुरु गरिएको यो अभिमुखीकरण जलवायु परिवर्तनसँग जुध्न र समुदायमा सचेतना फैलाउन लक्ष्यित गरिएको छ।
कार्यक्रममा बोल्दै संस्थाकी उपाध्यक्ष दर्शना रिजालले जलवायु परिवर्तन विरुद्ध युवाहरूको सशक्त सहभागिता अपरिहार्य रहेको बताउनु भयो।
अभिमुखीकरण कार्यक्रममा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्दप्रसाद लामिछानेले अभियानले विशेषगरी किशोरीहरूको क्षमता अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा
गेरुवा गाउँपालिका–५ की मोनिका थारुले आफूले कार्यक्रममा सहभागी भएपछि जलवायु परिवर्तनका असर जानकारी पाएको अनुभव सुनाउनुभयो ।
कार्यक्रममा किशोरीहरूले जलवायु परिवर्तनसँग सम्बन्धित कथा, कविता तथा चित्रकलामार्फत आफ्ना अनुभव र चिन्ताहरू प्रस्तुत गर्नुभएको थियो ।
गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले युवाहरूको सक्रियता देख्दा आफू उत्साहित भएको बताउनुभयो। कार्यक्रममा बढियाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारी घेरुवा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरी मधुबन नगरपालिकाको उप उपप्रमुख अनिता चौधरी र गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी को उपस्थिति रहेको थियो। कार्यक्रममा बर्दिया र कालिकोटका गरिब ५० जना किशोर किशोरीको उपस्थिति रहेको थियो भने कार्यक्रममा राधाकृष्ण थारु जनसभा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ सोसाइटी गाउँको सभापति गोविन्द शर्मा लगायतको उपस्थिति रहेको थियो। सिस्टम समेत उपस्थिति रहेको थियो। उनले भनिन्, “जलवायु संकटको सामना गर्न सबै तहबाट
कार्यक्रमको सहजीकरण युवा संस्थाकी निर्लजा रिजालले गरेकी थिइन् भने संयोजन सुरुचि शाहीले गरेकी थिइन्। बाँके युनेस्को क्लबको सहजीकरणमा सम्पन्न कार्यक्रममा बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबाट आएका जनप्रतिनिधिहरू, सामाजिक अगुवाहरू र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित विभिन्न स्थानीय तहका प्रमुख अथवा प्रतिनिधिहरू र संघसंस्थाका प्रतिनिधिहरूले जलवायु परिवर्तन न्यूनीकरण गर्न आफ्नो आफ्नो स्थानीय तहबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search