[the_ad id="16865"]

गुलरियामा बालबालिकाले आविष्कार गरेको सामग्री प्रदर्शन

गुलरियामा बालबालिकाले आविष्कार गरेको सामग्री प्रदर्शन
[the_ad id="16873"]

ज्योति पन्थी
बर्दिया जेठ २४ गते । बर्दिया जिल्लाको गुलरिया नगरपालिका अन्र्तगतरहेका माध्यमिक बिद्यालयका बालबालिकाहरुले शनिवार गुलरियामा बिज्ञान तथा कला पर्दशनी गरेका छन ।
गुलरिया नगरपालिका वडा नं.६ र बाके युनेश्को क्लवको आयोजनामा १० वटा माध्यमिक बिद्यालयका बालबालिकाहरुले आफुहहरुले बिद्यालयमा बनाएका बिज्ञान सम्बन्धि कलाको पर्दशन गरेका हुन । पर्दशनीमा बिद्यार्थीले उत्पादन गरेका मन्दिर, गुम्बा देखि टेलिस्कोप, दुरविन र माईक्रोस्प लगायतका समाग्री राखिएको छ । बिद्यार्थीहरुले बनाएका समाग्री हेर्न सामुदायिक बिद्यालयका बिद्यार्थी र अभिभावकहरु पर्दशनी स्थल पुग्नु भएको छ । बिद्यार्थीको पढाईमा रुचि जगाउँदै उनिहरुलाई प्राविधिक शिक्षाको समेत ज्ञान हासिल होस र यसले बालबिवाह नियन्त्रण्मा टेवा पुग्छ भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बाके युनेश्को क्लवका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले बताउनु भयो । गुलरिया नगरपालिका क्षेत्र भित्र रहेको बिद्यालयका बिद्यार्थीहरुलाई बिज्ञान सम्बन्धि पर्दशनीमा उपस्थित हुन र आफुले निर्माण गरेका कलाहरु पर्दशन गर्न जानकारी गराईएको गुलरिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सतिस यादवले बताउनु भयो ।
बिद्यलायमा अध्यनरत रहेका बालबालिकाहरुलाई अर्को बिद्यालयका बालबालिकाहरुले निर्माण गरेको काम र उनिहरुले आविश्कार गरेका बिभिन्न किसिमका समाग्री हेर्न र बुझनका लागि पर्दशनीले सहयोग पुग्ने र बालबालिकामा आत्मबिश्वास पुग्ने भएकाले पर्दशनी गरिएको गुलरिया नगरपालिका वडा नं.६ का वडा अध्यक्ष सुदांशु प्रकाश शर्माले बताउनु भयो । पर्दशनीमा प्रथम हुनेलाई १० हजार, द्धितिय हुनेलाई ५ हजार र तृतृय हुनेलाई ३ हजार पुरस्कारको ब्यवस्था गरिएको छ आयोजक सस्था बाके युनेश्को क्लवले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search