[the_ad id="16865"]

एक सय ६८ जना किशोर किशोरीको स्वास्थ्य परीक्षण

एक सय ६८ जना किशोर किशोरीको स्वास्थ्य परीक्षण
[the_ad id="16873"]

ज्योति पन्थी
बर्दिया जेठ ३१ गते । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.८ सितला बजारमा शनिवार १ सय ६८ जना किशोर किशोरीको स्वास्थ्य परीक्षण गरिएको छ ।
बालविवाह न्यूनीकरणमा काम गर्दे आई रहेको बाँके युनेश्को क्लब र बढैया ताल गाउपालिकाको आयोजना गरेको स्वास्थ्य शिविरमा किशोर किशोरीहरूको स्वास्थ्य परीक्षण गरिएको हो । किशोरीमा हुने बिभिनन खाले समस्या, महिनावारीको समस्या र शारीरिक परिवर्तनको परीक्षण गरिएको थियो भने किशोरहरूको स्वास्थ्य अवस्थाको परीक्षण गरिएको थियो । शिविरमा १ सय ६८ जना मध्य १ सय ६३ जना किशोरी रहेको र ५ जना किशोरको स्वास्थ्य परीक्षण गरिएको बाँके युनेश्को क्लब सशक्त बालिका परियोजनाका उप निर्देशक गोविन्द प्रसाद लामिछानेले बताउनु भयो । कार्यक्रममा बढैया ताल गाउँपालिकाका उप प्रमुख लक्ष्मी कुमारी अधिकारीले किशोर किशोरीहरू सबै सँग खुलेर कुरा गर्न नसक्ने भएको हुँदा शिविरका महिला डाक्टरहरू सँग खुलेर कुरा गरोन भन्ने उद्देश्यले किशोर किशोरीहरूको स्वास्थ्य परीक्षण र सिलिङसिलिङ लगायतका विषयमा स्वास्थ्य शिविर राखिएको बताउनु भयो ।
शनिवार सम्पन्न उक्त शिविरमा कोहलपुर मेडिकल कलेजका डाक्टर शालिनी दाहाल,रामकृष्ण हमाल, बिमल कुमार आचार्य र डा अमिर लगायतको टोलीले किशोरी किशोरीको स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search