हरिवंश पाण्डे, ठाकुरद्धारा
बर्दिया असार १ गते । आज बर्दियाको ठाकुरद्धारमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ठाकुरद्धारामा विद्यार्थीहरुलाई कामको संसार चिनाउने कार्यक्रम अन्तर्गत उद्यमशिलता चुनौति परियोजनाको व्यवसायीक योजना प्रस्तुति कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री प्रमिल नेपालको सभाध्यक्षता तथा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख श्री तिलकराम लम्सालको ्प्रमुख आतिथ्यतामा, प्रमुख प्रशासकिय अधिकृत श्री नारायण प्रसाद ढकाल, ९ नं. वडा अध्यक्ष श्री राधा चौधरी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सीता कुमारी भण्डारी, कार्यपालिका सदस्य श्री सावित्रा थापा, वार्ड सदस्यहरु, शिक्षा सुपरिवेक्षकद्धय श्री नन्दराम अधिकारी र नवराज ढुङ्गाना, ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरिगाउका वरिष्ठ उपाध्यक्ष श्री महेन्द्र पंगेनी, थारु होम रिर्साट संचालक श्री मोहनलाल थारु सहजकर्ता दिनेश थारु, शिक्षक अभिभावक संघ, विव्यसका सदस्यहरु लगाएतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कक्षा १० मा अध्ययनरत ६ समूहका विद्याथर््ीहरुले आ–आफ्नो व्यवसायिक योजना प्रस्तुती गर्नुभएको थियो । प्रस्तुतिमा विद्यार्थीहरुले नमुनाको रुपमा योजना अनुसारको आ–आफ्नो उत्पादन समेत प्रदर्शनीका साथै उपस्थित पाहुनाहरुलाई स्वाद चखाउनु भएको थियो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै नगरप्रमुख श्री तिलकराम लम्सालले विद्यार्थीहरुको प्रस्तुती र योजना निकै राम्रो रहेको र यसले भविष्यमा विद्यार्थीको पठनपाटन सगै स्वरोजागारमुखी बनाउनमा निकै ठुलो भुमिका खेल्ने बताउनु भयो । त्यसैगरि कार्यक्रममा सहभागी अतिथीहरुले विद्यार्थीको प्रस्तुतीको प्रशंसा गदै थप सुधारका लागी सकारात्मक सुझाव समेत दिनु भएको थियो । प्रस्तुतिको मुल्याङ्कन शिक्षा शाखा प्रमुख श्री सीता कुमारी भण्डारी, ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरिगाउका वरिष्ठ उपाध्यक्ष श्री महेन्द्र पंगेनी, थारु होम रिर्साटका संचालक सफल व्यवसायी श्री मोहनलाल थारु ले गर्नुभएको थियो । प्रस्तुतीमा उत्कृष्ट स्थान ल्याउने ३ ओटा समूहलाई प्रति समूह रु ५ हजार नगद सहित सम्मान गरिएको थियो । यी उत्कृठ स्थान ल्याउने विद्यार्थी समूहले आउदो असार ५ गते विद्यालयमा आ–आफ्नो व्यवसायिक योजना अनुसारको स्टल राखि व्यापार व्यवसाय गर्नेछन ।
विद्यालयका प्रधानाध्यापक प्रेम प्रकाश पाण्डेयले व्यस्त समयका बाबजुत पनि कार्यक्रममा उपस्थित भई विद्यार्थीको प्रस्तुतीलाई नजिकबाट नियाली हौसला र सुझाव दिनुहुने नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख, वार्ड अध्यक्ष, कार्यपालिका सदस्य, वार्ड सदस्य सहजकर्ता, शिक्षा सुपरिवेक्षक द्धय, ठाकुरबाबा उद्योग वाणिज्य संघ लगाएत उपस्थिती हुने सबैलाई स्वागत गदै धन्यबाद व्यक्त गर्नुभएको थियो । कार्यक्रम संचालन विद्यालयका सहायक प्रधानाध्यापक हरिवंश पाण्डेले गर्नु भएको थियो ।








