ज्योति पन्थी
बर्दिया असार २८ गते । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाले बर्दिया जिल्लामा रहेका मासु तथा माछा पसलको अनुगमन गरेको छ। बर्दियाको गुलरिया नगरपालिका मधुवन नगरपालिका र बाँसगढी नगरपालिका क्षेत्रभित्र रहेका मासुजन्य पसलहरू र माछाजन्य पसलहरूको अनुगमन गरेको हो।

एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाले बजार क्षेत्रहरूमा रहेका माछा र मासुजन्य पसलहरूमा बिक्री गरिने माछा र मासुको गुणस्तर परीक्षण गर्नका लागि अनुगमन गरिएको पशु चिकित्सक अनिल शर्माले बताउनुभयो। शर्माले मधुबन नगरपालिका गुलरिया नगरपालिका र बाँसगढी नगरपालिका क्षेत्रभित्रका मासु जन्य पसलहरूको अनुगमन गरिएको बताउनु भयो । उहाँले भन्नुभयो बर्दियाका विभिन्न स्थानमा रहेका मासुजन्य वस्तुहरू बिक्री गर्ने पसलहरूमा मूल्य र गुणस्तर मापन गर्नका लागि अनुमन अनुगमन गरिएको हो।
एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाले बर्दिया जिल्लामा रहेका विभिन्न पसल तथा मासुजन्य पसलहरूको अनुगमन गर्दै आइरहेको छ।








