विश्वास चापागाई , बर्दिया
आफ्नै पार्टी सभापति रवि लामिछानेविरुद्ध भएको राजनीतिक प्रतिशोधको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरु गरेको हस्ताक्षर अभियानले देशै भरि व्यापक समर्थन पाएको छ ।
रास्वपाको हस्ताक्षर अभियानलाई बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाले पनि व्यापक समर्थन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिया जिल्ला क्षेत्र नं १ का क्षेत्रीय सभापति दिपक खनालका अनुसार हालसम्म बढैयाताल गाउँपालिकामा रवि लामिछानेको पक्षमा ५ हजार भन्दा बढी मानिसले हस्ताक्षर गरिसकेका छ्न्। उक्त गाउँपालिकामा ऐक्यबद्धता हुने क्रम दिनहु रुपमा बढ्दै गइरहेको छ।

रवि लामिछानेविरुद्ध भएको राजनीतिक प्रतिशोधको विरोधमा ऐक्यबद्धता जनाउँदै स्थानिय तहको गत निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट जन निर्वाचित बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले पनि हस्ताक्षर गरेका थिए।
हालसम्म कलाकार विपिन कार्की, रमेश उप्रेती, किरण केसी, राजाराम पौडेल, रामचन्द्र अधिकारी, अशोक शर्मा, दीपेन्द्र के खनाल, खगेन्द्र लामिछाने, गायक खेम सेञ्चुरी, नायिका मनीषा कोइराला, रेजिना उप्रेती, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, समाजसेवी इशा गुरुङ, पूर्वप्रशासक कुलमान घिसिङ, मधेश प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता दीपेन्द्र झालगायत प्रतिष्ठित व्यक्तिले हस्ताक्षर गरेका छन् ।








