ज्योति पन्थी
बर्दिया असार ३१ गते । बढैयाताल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरे थापाले भूमिसम्बन्धी काममा आफ्नो नाम जोडेर रकम असुल गरिएको विषय उपर आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ। बढैयाताल गाउँपालिका वडा नम्बर ४ ले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेको विषय प्रति आपत्ति जनाउनु भएको हो। केही व्यक्तिहरूले सामाजिक सञ्जालमा पूर्व कर्मचारीको उक्साटमा आफूले रकम असुल गरेको विषयलाई उठान गरी भरमपूर्ण तरिकाले लेखेको भन्दै उक्त कार्यको आफूले निन्दा गर्ने समेत जानकारी दिनुभयो । भूमिहीन तथा सुकुम्बासीबाट आफूले रकम असुल गरेको भन्ने सामाजिक सञ्जालको लेखाइमा कुनै सत्यता नभएको समेत जिकर गर्नुभयो । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष थापाले बरियाताल गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृतको उक्साटमा सामाजिक सञ्जालमा कपोल कल्पित रूपमा भ्रम फैलाउने उद्देश्यअनुसार प्रचार गरिएको भन्दै उहाँले कहीँ कतै आफूले कुनै पनि किसिमको गल्ती नगरेको र भूमिहीन सुकुम्बासीबाट कुनै पनि किसिमको रकम असुल नगरिएको दाबी गर्नुभयो । पत्रकार सम्मेलनमा स्थानीय बडघरले भूमिन सुकुम्बासीहरू २०५० सालदेखि त्यस स्थानमा बस्दै आएको र अब जग्गा पाउने बेलामा नावजाँचको काम भइरहेकै बेलामा नावजाँचमा आउने कर्मचारीलाई बिहानदेखि साँझसम्म काम गर्दा खाना र नास्ताको समस्या हुने भएपछि आफूहरुले नै आफूहरूकै नेतृत्वमा उहाँहरुलाई गाउँका सबै मिलेर खाना र नास्ताको व्यवस्थापन गरिएको यसमा कुनै पनि राजनीतिक दलका जनप्रतिनिधि वडा कार्यालय वडा कार्यालयका जनप्रतिनिधि र गाउँपालिकाका जनप्रतिनिधिहरू संलग्न नरहेको र गाउँकै मानिसहरू मिलेर उहाँलाई खाना र नास्ताको व्यवस्था मिलाएको बताउनुभयो । आफूहरूले जग्गा पाउने बेलामा खिचलो गर्न अनावश्यक प्रचारवादी भएको समेत स्थानीयले बताएका छन् ।








