बर्दिया साउन ६ गते । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा न.३ का तिन जना स्थानीयहरूले काठमाण्डौ मा रहेको पशुपतिनाथको दर्शन गर्नका लागी बर्दिया देखि काठमाण्डौ सम्म पुग्नका लागी साइकलमा यात्रा शुरु गर्नु भएको छ ।
गुलरिया नगरपालिका वडा नं.३ तेजिपुर गाउँका जितेन्द्र कुमार यादव, दयाराम रैदास मालती प्रसाद गोडियाले पशुपति दर्शन गर्नका लागी गुलरिया देखि साईकल यात्रा सुरु गर्नु भएको हो । उहाँहरूलाई गुलरिया नगरपालिका वडा न. ३ का वडा अध्यक्ष सर्वजित यादव सहितका जनप्रतिनिधि र कर्मचारीहरुले वडा कार्यालयमा माला र खादा लगाएर सोमबार बिदाइ गर्नु भएको छ ।
साईकल चढेर करिब ६ सय ५० किलोमिटरको दुरी यात्रा गर्न उहाँहरू इच्छुक भए पछि पशुपति दर्शका लागी उहाँहरूलाई बिदाइ गरिएको वडा नं.३ का वडा अध्यक्ष सर्वजित यादवले बताउनु भयो । आफ्नो इच्छा पशुपति दर्शन गर्ने रहेकाले अन्य दुई साथी सहित साईकल यात्रा सुरु गरेको साईकल यात्री जितेन्द्र कुमार यादवले बताउनु भयो ।
ज्योति पन्थी








