[the_ad id="16865"]

चार वर्ष सम्म बनेन २७ सय ५० मिटर सडक

चार वर्ष सम्म बनेन २७ सय ५० मिटर सडक
[the_ad id="16873"]

ज्योति पन्थी
बर्दिया साउन २० गते । पश्चिम नेपालको सवै भन्दा ठुलो पर्यटकीय स्थल ठाकुरद्वारा पुग्ने ओराली ठाकुरद्वारा सडक निर्माण नहुदा स्थानीय र पर्यटकहरूले कष्ट बेहोर्नु परेको छ ।
ओराली ठाकुरद्वारा सडक खण्डको डल्ला होम स्टे देखि कुशुम्बा चोक सम्म दुई हजार सात सय ५० मिटर सडक निर्माण गर्नका लागी २०८९ वैशाख १९ गते महादेव खिम्ति निर्माण सेवा काठमाण्डौले मधुवन नगरपालिका सँग ठेक्का सम्झौता गरेको भए पनि हाल सम्म सडक निर्माण हुन सकेको छैन । २०८० असार १५ गते सम्म सडक निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको भए पनि समयमा काम नउद्या पर्यटकलाई निकुञ्ज अवलोकनमा जान समस्या भएको हो । तोकिएको समयमा काम नभए पछि नगरपालिकाले २०८२ असार ३२ सम्म समयावधि थप गर्दा समेत सडक निर्माण नउद्या अहिले दैनिक जसो उत्त सडकमा दुर्घटना समेत हुने गरेको छ ।
सदरमुकाम गुलरिया देखि बर्दिया राष्ट्रिय निकुञ्ज जोडने सवै भन्दा छोटो सडक बर्सो बित्दा समेत अलपत्र पारेर कालोपत्रे नउद्या डल्ला होमस्टे आउने पर्यटकहरूलाई समेत समस्या भएको मुधवन नगरपालिका वडा नं.१ डल्ला गाउँका स्थानीय बासिन्दा मङ्गल थारुले बताउनु भयो ।सडकमा कालोपत्रे गर्नका लागी क्रसरको गिट्टी समेत बिछाइएको छ भने प्राईमकोट गरेर अलपत्र छाडिए पछि सडकमा गुड्ने मोटरसाइकललाई झनै समस्या भएको छ । तोकिएको समयमा काम सम्पन्न गर्न सम्झौता भए पनि निर्माण व्यवसायीले काम नगरेका कारण पुन समय थप गर्दा समेत अहिले सम्म काम हुन नसकेको मधुवन नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मीन थापाले बताउनु भयो । उहाले भन्नु भयो अव यो सडकको ठेक्का सम्झौता तोडनु भन्दा बिकल्प छैन ।
महादेव खिम्ति निर्माण सेवाले सडक निर्माण गर्न २ करोड १४ लाख ३१ हजार ८ सय १२ रुपैयाँमा मधुवन नगरपालिका सँग ठेक्का सम्झौता गरेको थियो । सम्झौता बमोजिम निम्तिले अहिले सम्म ४७ लाख ६२ हजार भुक्तानी समेत लगेको मधुवन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खिम प्रसाद पोखरेलले बताउनु भयो । पटक पटक नगरपालिकाले सडक निर्माणका लागी पत्राचार गर्दा समेत सडक निर्माण हुन सकेको छैन । दैनिक सयौँ पर्यटकहरू बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने छोटो मार्गका रूपमा चिनिएको सड्कनै अलपत्र परे पछि पर्यटक र सबैले सास्ती बेहोर्नु परेको छ । निर्माणको अन्तिम चरणमा पुगेको सडक महिनौँ सम्म कालोपत्रे नभए पछि स्थानीय समेत आक्रोशित भएका छन् । सडक निर्माण गर्न सम्झौता अनुसार काम गरिएको भए पनि सम्झौता पुरा हुन नसकेको र केही दिनमा सडक निर्माणको काम सम्पन्न हुने महादेव खिम्ति निर्माण सेवाका प्रो प्राईटर रवि सिंहले बताउनु भयो । पटक पटक नगरपालिका पुगेर सडक निर्माण गर्ने बताए पनि महादेव खिम्तिले काम गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search