ज्योति पन्थी
बर्दिया भदौ ६ गते । सरकारले ल्याउन लागेको शिक्षा विधेयक २०८० मा संस्थागत बिद्यालयहरुलाई कानुनमा नै कडाइ गर्न लागेको भन्दै प्याब्सन बर्दियाले बर्दियाको गुलरियामा शुक्रवार पर्दशन गरेको छ ।
गुलरिया नगरपालिका भित्र सञ्चालनरत रहेका एक दर्ज संस्थागत विद्यालयले आफ्ना विद्यालयको सवारी साधन सडकमा पर्दशन गरेर विरोध गरेका हुन । सरकारले शिक्षा विधेयकमा संस्थागत विद्यालयलाई अनिवार्य गुठीमा जानु पर्ने, शिक्षा निःशुल्क हुनु पर्ने संस्थागत विद्यालयले लिनु पर्ने कुनै पनि शुल्क लिन नपाइने बिद्यालयमा बितरण गरिने पुस्तक, डेसको रकम समेत लिन नपाईने, कम्पनी ऐन अन्र्तगत सञ्चालन भएका बिद्यालयलाई क्रमश नाफा मुलक बनाउदै लैजानु पर्ने, लगायतको कानुन निर्माण गर्न शिक्षा समितिबाट शिक्षा विधेयक पारित गरेर संसदमा पेस गर्न लागेको भन्दै निजी विद्यालयहरू आन्दोलनमा उत्रिएका हुन । सरकारले सरकारी तथा सामुदायिक विद्यालयलाई पनि अंकुश लगाउन लागिएको भन्दै प्याब्सनले आन्दोलनका कार्यक्रम तय गरेको छ । जन ज्योति आवासीय विद्यालयका सञ्चालक एवं प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार निर्मल उपाध्यायले संस्थागत विद्यालयमा सञ्चालकहरूले बैक रिण मार्फत लगानी गरेको र सरकारको नियमले विद्यालय क्षेत्र नै तहस नहस बनाउने गरी विधेयक ल्याउन लागिएको बताउनु भयो ।
बर्दियाको गुलरियामा आन्दोलनमा उत्रिएका विद्यालय सञ्चालकरुले विद्यालयका सबै सवारी साधनहरू सडकमा हिँडाएर विरोध गरेका थिए । विद्यालय सञ्चालकले सरकारले शिक्षा विधेयक नसच्याए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । लिटिल हेलन ईङलिस एकेडेमी बर्दियाका शिक्षक भागवत खनालले विद्यालय सञ्चालकलाई सडकमा ल्याउने गरी बिधेयेक तर्जुमा गरिएको बताउनु भयो । बर्दिया जिल्लामा ८ वटा स्थानीय तहहरू रहेका छन् । जसमा ९१ वटा विद्यालयहरू सञ्चालनरत रहेका छन् ।








