[the_ad id="16865"]

वैदेशिक रोजगारीका लागि उत्कृष्ट बन्दै लियाना

वैदेशिक रोजगारीका लागि उत्कृष्ट बन्दै लियाना
[the_ad id="16873"]

बर्दिया भदौ १० गते । बाँके जिल्लाको नेपालगञ्जमा सञ्चालित लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरले विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्दै आएको छ। सेन्टरले वायरिङ इलेक्ट्रिसियन वेटर कुक सेक्युरिटी गार्ड मेसन तालिम स्टिल फिचर्स हाउस किपिङ क्लिनर स्काफोल्डिङ सटरिङ कार्पेन्टर पेन्टर गार्मेन्ट टेलरिङ र प्लम्बिङ क्षेत्रमा काम गर्दै आइरहेको छ । लियाना हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरले युवाहरूका लागि स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने उद्देश्यका साथ उक्त ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको सेन्टरका प्रमुख भोदुराम थारुले बताउनुभयो । उहाँले भन्नुभयो वैदेशिक रोजगारीमा जाने युवा युवती लगायत स्वदेशमै बसेर केही गर्छु भन्ने युवाहरूलाई लक्षित गरेर ट्रेनिङ्ग सञ्चालनमा ल्याइएको बताउनु भयो । सञ्चालनमा आएको दुई महिनामा करिब ५० देखि १०० जनालाई तालिमलिइरहेका छन् । उक्त ट्रेनिङ सेन्टरमा तालिम लिए पश्चात वैदेशिक रोजगारीमा जान चाहनेलाई सुरक्षित वैदेशिक रोजगारीमा पठाउने गरिएको लियाना हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरले जनाएको छ।

बाँके बर्दिया दाङ सुर्खेत कैलाली लगायतका जिल्लाबाट अहिले पनि युवायुवतीहरू तालिमका लागि आउने गरेको सेन्टरले जनाएको छ। तालिम लिएर सुरक्षित वैदेशिक रोजगारीमा जाँदा भरपर्दो र राम्रो काम पाइने भएकाले युवाहरूको आकर्षण तालिमप्रति बढेको सेन्टरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search