[the_ad id="16865"]

टिनको छानामुनि सीमा सुरक्षा

टिनको छानामुनि सीमा सुरक्षा
[the_ad id="16873"]

बर्दिया भदौ १४ गते । सरकारले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको जिम्मेवारी दिएको दुई दशक सम्म पनि भौतिक पूर्वाधार निर्माण हुन नसक्दा नेपाल भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी भौतिक पूर्वाधार बिनानै काम गर्न बाध्य भएका छन ।
८३ किलोमिटर खुला सीमा क्षेत्र भएको बर्दिया जिल्लामा पनि सशस्त्र प्रहरीले कतिपय स्थानमा खुला आकाश त कतिपय स्थानमा भने टिनको छाप्रो मुनी बसेर सीमा क्षेत्रको सुरक्षा गरी रहेका छन् । बर्दियको गुलरिया नगरपालिका वडा नं.१० मा पर्ने नेपाल भारत सीमा क्षेत्रको रझनवा सीमा क्षेत्रमा सीमा सुरक्षाका लागी बस्ने सशस्त्र प्रहरी गर्मीको समयमा टिनको छाना मुनी बसेर सीमा सुरक्षा गर्ने गरेका छन् ।
नेपाल भारत सीमा क्षेत्र अन्तर्गत पर्ने रझेनवा चेक पोस्टमा कार्यरत रहेका सशस्त्र प्रहरीले गर्मीको समयमा भौतिक पूर्वाधार निर्माण हुन नसक्दा टिनको छाना मुनी बसेर सीमा सुरक्षा गर्ने गरेका छन् । तराईमा बढ्दो गर्मी र तातो हावा सँगै सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका लागी सामान्य सुविधा समेत उनीहरूले पाउन सकेका छैनन् । नेपाल भारत सीमा क्षेत्रको रझेनवा सीमा क्षेत्रमा बस्ने सशस्त्र प्रहरीले घाम मात्र हैन पानी पर्दा समेत भिजेर सीमाको सुरक्षा गर्नु पर्ने हुन्छ । सशस्त्र प्रहरीलाई रझेनवा सीमा क्षेत्रमा सीमा सुरक्षा गर्न सानो टिनको टहरो छ भने उत्त स्थानमा पिउने पानीको समेत व्यवस्था हुन सकेको छैन । सीमा सुरक्षाका लागी हामीलाई जिम्मेवारी दिइएको छ त्यहाँ कार्यरत एक सशस्त्र प्रहरीले बताउनु भयो । उहाँले भन्नु भयो सीमाको सुरक्षा हाम्रो प्रमुख दायित्व हो । गुलरिया १० मा पर्ने रझेनवा क्षेत्र बोर्डर सुरक्षा पोस्ट कालाबन्जार को मातहतमा पर्दछ । कालाबन्जारबाट सशस्त्र प्रहरीको गाडीले सुरक्षाकर्मीलाई त्यस क्षेत्रमा छोड्ने गरेको छ । ६ घण्टा सम्म सुरक्षा गरे पछि गाडीले नै उनीहरूलाई बोर्डर सुरक्षा पोस्टमा ल्याउने गरेको छ ।
सीमावर्ती क्षेत्र भारतीय सीमा सुरक्षा बलमा सबै किसिमको सुविधा भएको भए पनि नेपाल तर्फ भने खासै सुविधा देखिँदैन । नेपाल भारत सीमा क्षेत्रमा सीमा सुरक्षाका लागी खटिने सशस्त्र प्रहरीलाई जङ्गली जनावरको पनि त्यसतै त्रास हुने गरेको छ । बोर्डर सुरक्षा पोस्ट कालाबन्जारका प्रहरी निरीक्षक सुशील कुमार पाण्डेले रझेनवा सीमा क्षेत्र भारत सँग जोडिएकाले त्यस स्थानमा ६।६ घण्टाका लागी २।२ जना टोली खटाइने गरेको बताउनु भयो । सशस्त्र सीमा सुरक्षा कार्यालय बर्दियाका प्रमुख मान बहादुर शाहीले उपलब्ध साधन स्रोतको प्रयोग गरेर बर्दियामा सीमा सुरक्षा गरिएको बताउनु भयो । नेपाल भारत सीमा क्षेत्रको ८३ किलोमिटर क्षेत्रफल अधिकांश भारतीय जङ्गल सँग जोडिएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले सीमा क्षेत्रमा १८ वटा सुरक्षा पोस्ट निर्माण गरेको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search