बर्दिया सन् १९८६ देखि २०१७ सम्म चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया ४३ वटा भाले र ४८ पोथी गरी ९१ वटा गैँडा बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको हो । तर ति मध्य कतिपय गैडा अहिले निकुञ्जमा भेटिदैनन ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क अनुसार सन् १९८६ मा पहिलो पटक बर्दिया राष्ट्रिय निकुञ्जमा फेब्रुअरीमा ४ र डिसेम्बरमा ९गरी १३ वटा गैँडा कर्णाली नदी तटीय क्षेत्रमा स्थानान्तरण गरिएको थियो । दोस्रो पटक सन् १९९१ को जनवरीमा २० वटा र फ्रेव्रुअरीमा ५ वटा गरी २५ वटा गैडा स्थानान्तरण गरिएको थियो ।सन् १९९९ को जनवरीमा ४ वटा भाले गैँडा फेरी बबई नदी तटीय क्षेत्रमा स्थानान्तरण गरियो । सन् २००० को मार्चमा १० र नोभेम्बरमा ६ गरी १६ वटा गैँडा स्थानान्तरण भए । जस मध्यमा ८ भाले र ८ पोथी गैँडा बबई नदी तटीय क्षेत्रमा छाडिएका थिए ।
सन् २००१ को मार्च महिनामा भाले ३ र पोथी २ गरी ५ वटा गैँडा तथा सन् २००२ को मार्चमा भाले ५ र पोथी ५ गरी १० वटा गैँडा बर्दिया राष्ट्रिय निकुञ्जको बबई नदी तटीय क्षेत्रमा छाडिएको उल्लेख छ । त्यस्तै सन् २००३ अप्रिल महिनामा भाले ३ र पोथी ७ गरी १० वटा गैँडा र सन् २०१६ को मार्च महिनामा ३ भाले र २ पोथी गरी ५ वटा गैँडा बर्दिया राष्ट्रिय निकुञ्जको बबई नदी तटीय क्षेत्रमा स्थानान्तरण गरिएको हो । अन्तिम पटक सन् २०१७ को अप्रिल महिनामा १ भाले ३ पोथी गरी ३ गैँडा बर्दिया राष्ट्रिय निकुञ्जको बबई नदी तटीय क्षेत्रमा स्थानान्तरण गरिएका थिए । बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा ३१ वर्षको अवधिमा भाले ३५ र पोथी ४३ गरी ७८ वटा गैँडा तथा कर्णाली नदी तटीय क्षेत्रमा भाले ८ र पोथी ५ गरी १३ वटा गैँडा स्थानान्तरण गरिएका हुन् । पछिल्लो गैँडा गणनाको तथ्याङ्क २०७७ अनुसार नेपालमा भाले, पोथी गरी ७ सय ५२ वटा एकसिंगे गैैंडा भएको देखिन्छ ।
२०७७ को गणनाको सङ्ख्या हेर्दा बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा गैँडा छन् । बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत सरोजमणि पौडेलले बर्दिया राष्ट्रिय निकुञ्जमा चितवनबाट ९१ वटा गैँडा स्थानान्तरण गरिएको भए पनि अहिले निकुञ्जमा ३८ वटा मात्र गैँडा रहेको बताउनु भयो । बाँकी ५३ वटा गैँडा निकुञ्जमा छैनन् । गैँडाको सङ्ख्या उल्लेख्य मात्रामा बढ्न पनि सकेको छैन । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले अन्तर्राष्ट्रिय जैविक मार्ग खाता कोरिडोर सँग बर्दिया राष्ट्रिय निकुञ्ज जोडिएकाले गैँडा भारत गएको हुन सक्ने बताउनु भयो । बर्दियामा गैडा संरक्षणमा लामो प्रयास भए पनि गैडाको संख्या भने उल्लेखनिय रुपले बढन सकेको देखिदैन । पर्यापर्यटन मञ्च बर्दियाका अध्यक्ष कृष्ण भट्टराईले निकुञ्ज भित्र पानिको आल नभएका कारण गैडा भारत पुगेको बताउनु भयो ।








