[the_ad id="16865"]

हराउँदै वर्मा,कनजिरा, कालानमक धान

हराउँदै वर्मा,कनजिरा, कालानमक धान
[the_ad id="16873"]

बर्दिया भदौ २२ गते । अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लामा कृषकहरू व्यावसायिकता तर्फ उन्मुख हुँदै जाँदा आधा दर्जन भन्दा बढी धानका जातहरूको उत्पादन लोप हुँदै गएको छ ।  

धान उत्पादन हुने बर्दिया जिल्लामा कुनै समय बर्दियामा सजिलै पाउन सकिने कनजिरा,बर्मा, सुहावत,तालगन्ध र कालानमक जातका धानहरूको उत्पादन लोप हुँदै जान थालेको हो । आफ्नै प्रयोगका निम्ति र बिक्री वितरण गर्नका लागी मात्र उत्पादन हुने गरेको यी धानहरू अहिले उत्पादन हुन छाडेको छ । कनजिरा, बर्मा, सुहवत, तालगन्ध नामका धानबाट उत्पादन हुने चामल स्वास्थ्यका लागी पनि फाइदा जनक हुने गरेको कृषकहरू बताउँछन् ।
गुलरिया नगरपालिका ५ सुहेलवाका कृषक राधेश्याम चौधरीले कुनै समय राम्रो उत्पादन हुने धान अहिले पाउन छाडिएको बताउनु भयो । पहिलाको समयमा मानिसहरूले आफूले उत्पादन गरेको धान प्रयोग गर्ने भएकाले यसको खेती गर्ने गरिएको भए पनि आज भोली कृषकहरूले भने ब्यवसायीक खेती गर्दा वर्मा,कनजिरा, सुहावत,तालगन्ध जातको धान खेती हुन छाडेको देखिन्छ । गुलरिया नगरपालिका वडा नंंं ८ पर्सियाका रामफल थारुले आज भोली वर्मा कनजिरा सुहावत धानको बिउनै पाउन मुस्किल भएको बताउनु भयो । उहाँले भन्नु भयो बिउ नै पाइँदैन खेती गर्ने कसरी । बर्दियामा अहिले राधा ४, सावित्री, सिन्धुली, सामामन्सुली, जिरा मसिनो लगायतका धान बढी उत्पादन हुने गरेको छ ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकाले बर्दिया अन्नको भण्डार भए पनि कृषकहरू आज भोली व्यावसायिक खेती तर्फ आकर्षित भएकाले पहिला पहिला लगाइने गरेको धान पछिल्लो समय लगाउन छाडेको बताउनु भयो । उहाँले भन्नु भयो कतै कतै पाइन्छ तर पहिला जस्तो पाइँदैन । वर्मा,कनजीरा, कालानमक र तालगञ्ज धान आज भोली कम उत्पादन हुने र अन्य धान भने धेरै उत्पादन हुने भएकाले कृषकहरूले ती धानहरू लगाउन छाडेको पाइन्छ । बर्दियामा सबै भन्दा बढी धान उत्पादन हुने क्षेत्रका रूपमा राजापुर र गेरुवा गाउँपालिकालाई लिन सकिन्छ । त्यसै गरी बढी धान उत्पादन हुनेमा मधुवन, गुलरिया,बढैयाताल र बारबर्दियामा पनि धान उत्पादन हुने गर्दछ । बर्दिया जिल्लाबाट उत्पादन भएको धान खेती बर्दिया लगायत नेपालगन्ज, सुर्खेत, बुटवल, चितवन र पोखरा सम्म बिक्री हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search