बर्दिया असोज १९ गते । विजया दशमीको टिका सकेर अन्नबाली भित्राउने तरखरमा लागेका बर्दियाका कृषकहरूलाई बर्सातले समस्यामा पारेको छ । बर्सातका कारण कृषकले लगाएको धान बालिमा समेत क्षति पुगेको छ ।

बर्दिया जिल्लामा गत मङ्गलवार आएको हावा हुरी सहितको पानीले कृषकले लगाएको धान बालीमा क्षति पुराएको हो । मङ्गलवार बिहान करिब ६ बजे आएको अत्याधिक हावाहुरी सहितको बर्सातले कृषकको खेतमा काट्ने अवस्थामा पुगेको धान पुरै ढलाएको छ भने खेत भरी पानी छ । हावाहुरी सहितको बर्सातले धान ढले पछि अहिले धान कुहिन थालेको कृषकहरूले बताउनु भएको छ ।
गुलरिया नगरपालिका वडा नं.७ चौगर्जुी गाउँका कृषक प्रवेज यादवले दसैँ सकेर धान काट्ने तरखर गरेका समय
मा अष्टमीको दिन आएको पानीले धानमा निकै क्षति पुगेको बताउनु भयो । उहाँले भन्नु भयो अहिले धानमा पुरै पानी छ काट्ने अवस्था पनि भएन अव कुहिन सुरु भई सक्यो । गत मङ्गलवार बर्सात हुँदा बर्दियाको गुलरिया,मधुवन बढैयाताल गाउँपालि
का, राजापुर नगरपालिका,बार बर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका बासगढी नगरपालिका र गेरुवा गाउँ पालिकाका कृषकहरूले लगाएको धानमा क्षति पुगेको देखिन्छ । अत्याधिक हावाहुरीका कारण अग्लो धानहरू बढी मात्रामा क्षति भएको छ । पाकेको र अग्लो धान सबै खेतमा ढलेको छ । अहिले सम्म मौसम परिवर्तन भएको छैन यस्तै भएमा कृषकको धान खेतमा कुहिने देखिएको छ । मधुवन नगरपालिका वडा नं.२ रजवाराका स्थानीय कृषक सन्तोष बस्यालले कृषकलाई मौसमले दुख् दिएको बताउनु भयो उहाँले भन्नु भयो कहिले कृषक रासायनिक मल नपाएर हैरान कहिले कृषक पाकेको धान स्याहार्न नपाएर हैरान हुने अवस्था भएको छ ।
बिदाको समयमा बर्सात भएकाले बर्दियामा कति धानमा क्षति पुग्यो भन्ने तथ्याङ्क समेत सङ्कलन हुन सकेको छैन । एकीकृ
त कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारीले बर्सातका कारण धानमा क्षति पुगेको बतउदै कार्यालय खुले लगत्तै क्षतिको विवरण सङ्कलन गरिने बताउनु भयो । अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लामा मात्र ५० हजार दुई सय ५० हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । बर्दियामा उत्पादन भएको धान देशका प्रमुख सहर नेपालगन्ज सुर्खेत बुटवल चितवन पोखरामा बिक्री हुँदै आई रहेको छ ।








