बर्दिया, असोज २० गते । गत साउन महिनामा बर्दिया राष्ट्रिय निकुञ्जमा सडक बिग्रिए पछि पर्यटकका लागि बन्द गरिएको जिप सफारी सञ्चालनमा आएको छ । जिप सफारी सञ्चालनमा आएपछि पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ ।

जेन–जीको आन्दोलनपछि बर्दिया निकुञ्जमा जिप सफारी खुलेको हो । बर्दिया निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत सरोजमणि पौडेलले जेन–जीको आन्दोलनले पर्यटक आगमन प्रभावित भए पनि अहिले दैनिक १५।२० जना विदेशी र धेरै नेपाली पर्यटकको आगमन भएको बताउनु भयो र। असार साउन र भाद्र वर्षातकको समय भएकोले पर्यटक आगमन कम भए पनि दसैँसम्म पर्यटक वृद्धि हुने विश्वास रहेको पौडेलले बताउनु भयो । ।

पर्यटन व्यवसायी भने पर्यटक आगमन सहज नभएको बताउँदै आएका छन् । विगतका वर्ष जस्ते यस वर्ष पर्यटक नआएको गुनासो पर्यटन व्यवसायीको छ । अमेरिका लगायत विभिन्न मुलुकका सरकारले नेपाल भ्रमणमा रोक लगाएपछि निकुञ्जमा पर्यटन आउन छाडेका छन् । पर्य पर्यटन मञ्च बर्दियाका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले विगतका वर्ष जस्तो पर्यटकको सङ्ख्या बढ्न नसकेको बताउनु भयो ।। उहाँले भन्नु भयो बर्सातको मौसम भएका कारण पनि विदेशी पर्यटकको आगमन कमै रहेको छ । निकुञ्ज अवलोकनका लागी नेपाली पर्यटक भने आउने क्रम रहेको छ ।

अर्का पर्यटन व्यवसायी हेमन्त आचार्यले स्वदेशी र विदेशी पर्यटक आउने क्रम बढेको बताउनु भयो । निकुञ्ज आसपासका होटलमा पहिला नै होटेल बुकिङ गरेका पर्यटक आउन थालेको उहाँको भनाइ छ । बर्दिया राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष ०८१र०८२ मा २८ हजार ६८ जना स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् ।
आव ०८०र०८१ को तुलनामा २ हजार बढी पर्यटकले अवलोकन गरेका थिए । गत आवमा नेपाली १९ हजार १०,सार्कका १ हजार ५ सय ४० र विदेशी ७ हजार ५ सय १८ जना पर्यटक भित्रिएका बर्दिया निकुञ्जले जनाएको छ । आव ०८०र०८१ मा नेपाली १८ हजार १०, सार्कबाट १ हजार ४ सय ३७ र विदेशी ६ हजार ६ सय ८४ जना पर्यटक आएका थिए ।विश्वमै पाटे बाघका लागि ख्याति कमाएको बर्दिया राष्ट्रिय निकुञ्जमा विगत केही वर्षयता आन्तरिक, सार्क र विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । निकुञ्जमा केही वर्ष यता पर्यटक आगमन बढ्दै गएको छ । बर्दिया निकुञ्जका अनुसार आव ०७८र०७९ मा १६ हजार २ सय ९७,आव ०७९र०८० मा २४ हजार ३ सय ९८ जना पर्यटकले अवलोकन गरेका थिए ।









